चितवनको भरतपुरमा नेपाल चिकित्सक संघ एनएमएको ३० औँ राष्ट्रिय चिकित्सा सम्मेलन तथा ५ औँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन–२०२६ बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यतामा आयोजनामा गरिएको छ। सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय, सर्वसुलभ र प्रविधिमैत्री स्वास्थ्य सेवा आजको आवश्यकता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताए। उनले चिकित्सक, स्वास्थ्यकर्मी र नीति निर्माताबीचको सहकार्यले स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले चिकित्सा शिक्षा, स्वास्थ्य पूर्वाधारको विस्तार, विशेषज्ञ सेवाको पहुँच तथा स्वास्थ्य क्षेत्रमा नवीन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी दिए। स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको योगदानको प्रशंसा गर्दै उनले नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। सम्मेलनमा देशभरका चिकित्सक, स्वास्थ्य विज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रका समसामयिक चुनौती, अवसर तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। उनले भने स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पुर्याउन सरकार, चिकित्सक र सरोकारवाला सबैको साझा प्रतिबद्धता आवश्यक छ। यस्ता सम्मेलनहरूले स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्छन्।”



















प्रतिक्रिया दिनुहोस्