काठमाडौ, बैशाख १५ । उपभोक्ता अधिकार अनुसन्धान मञ्च का अध्यक्ष माधव तिमिल्सिनाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य सरकारले लिएको चर्को करका कारण पनि बढेको बताएका छन् । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको कर घटाए नागरिकलाई राहत मिल्छ । यो बेला विद्युतीय इन्धनमा छुट दिएर पनि सरकारले उपभोक्तालाई सहुलियत दिन सक्ने विकल्प उनीले सुझाएका छन् । “कर खारेज गर्दा ढुवानी लागत घट्ने र बजारमा महँगी नियन्त्रण हुने भएकाले यसले निम्न आय भएका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने उनको भनाई छ ।


















प्रतिक्रिया दिनुहोस्