ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वचालित भाडा समायोजन प्रणाली लागू गर्न र निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गर्न व्यवसायीको माग


एबीसी न्यूज
बैशाख ७, २०८३ सोमबार  ११ : ५० बजे

काठमाडौं बैशाख ७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गर्नुभएको छ । पेट्रोलियम पदार्थको मूल्य बारम्बार बढ्दा समेत भाडा समायोजना नहुँदा यातायात व्यवसायी मारमा परेको उहाँको भनाइ छ । उहाँले डिजेलमा दुई पटक गरी ५५ रुपैयाँ वृद्धि भएको र पेट्रोलको मूल्यमा समेत वृद्धि भइरहेको अवस्थामा बागमती प्रदेशले मात्रै भाडा समायोजन गरेको उल्लेख गर्नुभयो । वार्षिक रूपमा हुने भनिएको भाडा समायोजन प्रक्रिया अब प्रभावहीन भइसकेको उहाँको जिकिर छ । उहाँले हवाई क्षेत्र र नेपाल आयम निगमजस्तै स्वचालित भाडा समायोजन प्रणालीको पुनरावलोकन गरी प्रभावकारी कार्यान्वयनमा ल्याउन माग गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमो मूल्यमा गिरावट आउँदा सरकारले सोहीअनुसार मूल्य समायोजन गर्दापनि व्यवसायीलाई स्वीकार्य भएको पनि बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘वार्षिक रूपको समायोजन हुनुपर्ने भाडा पनि र भर्खरै २५ रुपैयाँ बढेको अवस्थामा बागमती प्रदेशले समायोजन गरेको अवस्था छ । अहिले वार्षिक रूपमा समायोजन हुने च्याप्टर क्लोज भइसक्यो । दुई पटक २५ रुपैयाँ र ३० रुपैयाँ गरी ५५ रुपैयाँ डिजेलमा र पेट्रोलमा दुई रुपैयाँ घाटा छ । त्यो घाटाले गर्दा काठमाडौं उपत्यका लगायत देशभरका मालवाहक तथा यात्रुवाहक सबै प्रकारका व्यवसायीहरु प्रभावित भएका छन् । हामीले स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने प्रणाली बनाउन माग गरेका छौँ । हिजोको दिनमा अस्थीर सरकार र राजनीतिक परिस्थितिको कारण पनि त्यसले प्रभावकारी काम गर्न सकेन । अहिले पनि आयल निगममा स्वचालित प्रणाली छ । राति १२ बजेबाट शुरु भइहाल्छ । त्यसैगरी हवाई सेवामा पनि त्यहीअनुसारको स्वचालित प्रणाली बनाएर काम गरिरहेको अवस्था छ । तर सडक यातायातमा विभेद भइरहेको छ । यस प्रकारको विभेद अन्त्य गर्नको लागि हामीले बारम्बार प्रश्न गरिरहेका छौँ ।’
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा पनि अपेक्षित रूपमा इन्धन खपत घटाउन सकेन
कार्यवाहक अध्यक्ष सिटौलाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउने सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि त्यसले रूपमा इन्धन खपत घटाउन नसकेको जिकिर गर्नुभयो । उहाँले सरकारी निकायमा दुई दिन सार्वजनिक बिदा दिँदा सरकारी कर्मचारी, विद्यार्थी, पेशाकर्मी लगायतले खपत घटाउनुको सट्टा झन धेरै खपत गरेको उहाँको भनाइ छ । उहाँले सरकारले सातामा दुई दिन बिदा दिने निर्णयको समिक्षा गर्नुपर्नेमा उहाँको जोड छ । उहाँले इन्धन खपत कम गर्न विद्युतीय बाहेकका निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्न सुझाव समेत दिनुभयो । उहाँले इन्धन अभाव हुँदासम्म निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नसके सार्वजनिक यातायात र इन्धन आपूर्तिमा समेत सहज हुने उहाँको बुझाई छ । 

उहाँले भन्नुभयो, ‘सरकारले सातामा दुई दिन बिदा दिने जुन निर्णय ग¥यो यसले पेट्रोलियम पदार्थको खपतमा कमी आउनुको सट्टा बढी भएको छ । सार्वजनिक निकायमा बिदा हुँदा विद्यार्थी, अभिभावक, पेशाकर्मी सबै बिलासी भएको कारणले यसले प्रभावकारी काम गर्न सकेन । एउटा मोटरसाइकल एउटा चारपाङ्ग्रे सवारी त धेरैको घरमा छ नि अहिले । यो विषयमा सरकारले समिक्षा गरिरहेकै होला । हामीले सुझाव दिने भनेको सरकारले निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली अस्ति नै लागू गर्नुपथ्र्यो । व्यक्तिले आफ्नो पैसाले पेट्रोलियम पदार्थ किनेपनि पुँजी पनि बाहिर गइरहेको छ । अर्को कुरा आपूर्तिमा समेत असहजता भइरहेको छ नि त । अहिले हामीले भाडा समायोजनको सम्बन्धमा पर्खन सक्ने अवस्था छैन ।’
उहाँले सार्वजनिक सवारी साधनको भाडा सरकारले समायोजन नगरे व्यवसायी चुप लागेर नबस्ने उहाँको चेतावनी छ । उहाँले सार्वजनिक यातायातलाई प्रविधिमैत्री, क्यासलेस र जिपिएस प्रणालीमा लैजान आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

चौतर्फी आलोचनापछि गृहमन्त्री गुरुङले दिए राजीनामा

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com