ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ – नेता घर्ती


admin

काठमाडौँ, २४ चैत। प्रजातन्त्र कमजोर हुुँदै गएको भन्दै यसलाई बलियो बनाउनका लागि काँग्रेस बलियो हुनुपर्ने बताइएको छ ।

नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समिति र नेवि संघ लमजुङ–काठमाडौँ सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले प्रजातन्त्रलाई कमजोर पार्ने खेल भएकाले यसलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । “नेपाली काँग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ,”– उहाँले भन्नुभयो ।

काँग्रेस पूर्वकेन्द्रीय सदस्य घर्तीले वाम गठबन्धनका कारण काँग्रेसले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेकाले संगठन निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

पूर्वराज्यमन्त्री रामबहादुर गुरुङले काँग्रेस आन्तरिक कारणले हारेको भन्दै विगतमा भएका कमी कमजोरीलाई सच्याएर काँग्रेसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीले काँग्रेसलाई बलियो बनाउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लमजुङ–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष लक्ष्मीकान्त पौडेल, काँग्रेस लमजुङका पूर्वपार्टी सभापति तुलसीनारायण श्रेष्ठ, नेता नवराज न्यौपानेलगायतले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com