प्रतिनिधिसभा निर्वाचनमा खटिएका एक जना नेपाल प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–४ बबेतका ३८ वर्षीय महादेव वड रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता सुरज सिंहका अनुसार, महादेव ड्युटी सकेर दिउँसो खाना खान घर गएका थिए। त्यही समयमा उनी घरमै अचेत अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरे।
सदरमुकाम नजिकै घर भएकाले उनी घरबाटै ड्युटी गर्न आउँथे।
उनको शव हाल जिल्ला अस्पतालमै राखिएको छ। शव परीक्षण भोलि मात्र गरिने अस्पताल प्रशासनले जनाएको छ।
यसअघि पनि यही वडाका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको माघ तेस्रो साता भिरबाट लडेर मृत्यु भएको थियो।



















प्रतिक्रिया दिनुहोस्