तेहरानका कट्टरपन्थीहरूले दशकौँको रणनीतिक पूँजी गुमाए र निरोधलाई कमजोर बनाए
जुन १२ मा, इजरायलले इरानको आणविक सुविधा र मिसाइल साइटहरूमा क्षति पु¥याउने, ग्यास डिपोहरू ध्वस्त गर्ने, र महत्वपूर्ण रूपमा, शीर्ष शासन अधिकारीहरूको ठूलो संख्यामा हत्या गर्ने शृंखलाबद्ध हमलाहरू सुरु ग¥यो। इरानी सर्वोच्च नेता अली खामेनी जीवित छन्। तर उनका सबैभन्दा महत्वपूर्ण सहयोगीहरू—मोहम्मद बघेरी, सशस्त्र बलका प्रमुख, र होस्सैन सलामी, इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्सका कमान्डर–इन–चीफ—मृत्यु भइसकेका छन्।
केही वर्षअघि, बघेरी, सलामी, र अन्य वरिष्ठ नेताहरूको एकैसाथ हत्या भएको(हुने) कुरा अकल्पनीय थियो। तीन दशकभन्दा बढी समयदेखि, इरानको शासन नियन्त्रण गर्ने कट्टरपन्थीहरूले एक शक्तिशाली निरोध प्रणाली बनाएका थिए। उनीहरूले ब्यालिस्टिक मिसाइलहरूको भण्डारण गरे। उनीहरूले आणविक संवर्धन कार्यक्रम विकास र उन्नत गरे। सबैभन्दा महत्वपूर्ण, उनीहरूले विदेशी प्रोक्सीहरूको सञ्जाल स्थापना गरे जसले नियमित रूपमा इजरायली र अमेरिकी सेनाहरूलाई हैरान पार्न सक्थे।
तर इरानका कट्टरपन्थीहरूले आफ्नो हात धेरैतिर खेल्न पुगे। अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि, शासनका नेताहरूले अधिकतम आक्रामकताको अभियान रोजे। हमास र इजरायललाई लड्न दिनुको सट्टा, उनीहरूले आफ्ना प्रोक्सीहरूलाई इजरायली लक्ष्यहरूमा खन्याए। इजरायलले पनि गाजाभन्दा बाहिर आफ्नो आक्रमण विस्तार गर्न बाध्य भयो। उसले तेहरानको सबैभन्दा शक्तिशाली प्रोक्सी समूह हिजबुल्लाहलाई गम्भीर रूपमा कमजोर बनायो र सिरियामा इरानी स्थितिलाई नष्ट ग¥यो—जसले अप्रत्यक्ष रूपमा असद शासनको पतनमा योगदान पु¥यायो। इरानले यो आक्रामकताको जवाफमा इजरायलविरुद्ध हालसम्मकै दुई ठूला ब्यालिस्टिक मिसाइल आक्रमणहरू सुरु ग¥यो। तर इजरायल, अमेरिकी सेना र अन्य साझेदारहरूको समर्थनमा, ती आक्रमणहरूलाई विफल पा¥यो र थोरै क्षति बेहो¥यो। त्यसपछि उसले जवाफी हमला ग¥यो।
यससँगै, इरानको निरोध रणनीतिको आधार भत्कियो। यसका शासकको शासन १९८० को इरान–इराक युद्धयता कहिल्यै नभएको भन्दा कमजोर र उजागर भयो। र इजरायल, जसले दशकौँदेखि इरानमाथि हमला गर्ने सपना देखेको थियो, उसले यो अवसरलाई गुमाउन नसक्ने निर्णय ग¥यो।
‘क्रान्तिकारी’ घमण्ड
सन् १९७९ को इरानी क्रान्तिदेखि, तेहरानका नेताहरूले गाजामा हमास, लेबनानमा हिजबुल्लाह, यमनमा हुथीहरू, र इराकमा मिलिसियाहरूको प्रोक्सी सञ्जाल खेती गरेका छन् र सिरियाको असद शासनसँग सम्बन्ध विकास गरेका छन्। यी क्षेत्रीय गठबन्धनहरू, तेहरानको बलियो ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएर, इरानलाई प्रत्यक्ष र टाढाबाट शत्रुहरूलाई धम्की दिने क्षमता प्रदान ग¥यो, जसले कट्टरपन्थीहरूलाई शक्तिको मुख्य स्रोत दियो। देशको नेतृत्व दबाबबाट मुक्त थिएनः उदाहरणका लागि, २०१५ मा संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता गरेर प्रतिबन्धहरूले सिर्जना गरेको आर्थिक पीडालाई कम गर्न खोज्यो। तर यी वार्ताहरूले पनि इरानको क्षेत्रीय शक्तिको रूपमा उदयलाई सहज बनायो। परिणामस्वरूप संयुक्त व्यापक कार्य योजना (जेसीपीओए) ले तेहरानलाई व्यापक प्रतिबन्ध राहत प्रदान ग¥यो बिना कुनै रक्षा सीमितताको, संवर्धनमा अस्थायी उपायह बाहेक । सन् २०१८ मा, संयुक्त राज्य अमेरिका जेसीपीओएबाट फिर्ता भयो र प्रतिबन्धहरू पुनः लागू ग¥यो। परिणामस्वरूप इरानको आणविक उत्तेजनाहरूले बाह्य दबाबलाई अवशोषित गर्न र शासनको अन्य खराब व्यवहारलाई संरक्षण गर्न बिजुलीको गतिमा काम ग¥यो।
अक्टोबर २०२३ मा, इस्लामिक गणतन्त्र चरमोत्कर्षमा थियो। यसले इराकदेखि भूमध्यसागरसम्मको विशाल भूभागमा भारी प्रभाव पारिरहेको थियो। यसले छिमेकी अरब प्रतिद्वन्द्वीहरू, विशेष रूपमा साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई झुक्न बाध्य बनाएको थियो। र इरानी प्रोक्सीहरू, रकेट, मिसाइल, र ड्रोनहरूसँग सशस्त्र, इजरायलमाथि निरन्तर दबाब राखिरहेका थिए।
अक्टोबर ७ को आक्रमणले, सुरुमा, इरानलाई थप सशक्त बनाएको जस्तो देखिन्थ्यो। आखिर, तेहरानको प्राथमिक क्षेत्रीय प्रतिद्वन्द्वी अचानक एक चौतर्फी–उपभोगी द्वन्द्वमा फँस्यो। त्यसैले इरानले आफ्ना प्रोक्सीहरूलाई इजरायलविरुद्ध लडाइँमा सामेल हुन प्रोत्साहन ग¥यो, तेहरानको नेतृत्वमा एक संयुक्त, क्षेत्रव्यापी मोर्चा सिर्जना ग¥यो। हिजबुल्लाहको उत्तरी इजरायलमा निरन्तर रकेट प्रहारले त्यहाँका नागरिकहरूलाई लेबनानसँगको सीमाको नजिकका सहरहरूबाट भाग्न बाध्य बनायो। यमनमा, हुथीहरूले रेड सीमा व्यावसायिक जहाजहरूमा आफ्ना आक्रमणहरू विस्तार गरे, विश्व व्यापारमा गम्भीर तनाव सिर्जना गरे र संयुक्त राज्य अमेरिकालाई तिनीहरूको आक्रामकताको सामना गर्न महत्वपूर्ण नौसैनिक शक्ति र स्रोतहरू केन्द्रित गर्न बाध्य बनायो। २०२४ को मध्यसम्ममा, इरान र यसका प्रोक्सीहरूले अमेरिका–नेतृत्वको क्षेत्रीय व्यवस्थालाई गम्भीर रूपमा चुनौती दिइरहेका थिए।
तर केही महिनाहरूमा, इरानको क्षेत्रीय ढाँचा लगभग पूर्ण रूपमा भत्कियो। इजरायली सैन्य आक्रमणहरूले गाजामा हमासलाई नष्ट ग¥यो र लेबनानमा हिजबुल्लाहलाई विनाश ग¥यो—इरानको इजरायलविरुद्ध दशकौँ लामो दबाब अभियानका प्रमुख ढालडहरू भत्के । त्यसपछि डिसेम्बरमा बशर अल–असदको शासनको अप्रत्याशित पतन आइपुग्यो सिरिया इरानको ठूलो निरोध संरचनाको लागि महत्वपूर्ण थियो, किनभने यसले इजरायलविरुद्ध अर्को मोर्चा प्रस्तुत ग¥यो र सिरियाली क्षेत्र—जो लेबनान र उत्तरी इजरायलसँग लामो सीमा साझा गर्छ—इरानले हिजबुल्लाह र वेस्ट बैंकमा प्यालेस्टिनी लडाकुहरूलाई हतियार आपूर्ति गर्ने मुख्य मार्ग थियो।
यी असफलताहरूको सामना गर्दा, इरानले पुनः संगठित हुने विकल्प रोज्न सक्थ्यो। यसको सट्टा, यसले अप्रिल र अक्टोबर २०२४ मा इजरायललाई प्रत्यक्ष रूपमा प्रहार गरेर द्वन्द्वलाई बढायो। यस्तो कार्य गरेर, इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्सले आफ्नो सैन्य शक्तिलाई प्रदर्शन गर्न र निरोध पुनः स्थापना गर्ने आशा गरेको थियो। तर, आइआरजीसी ले आफ्नो मिसाइल क्षमताहरूको सीमिततालाई उजागर ग¥यो। यद्यपि अप्रिल र अक्टोबरका हमलाहरू इजरायलविरुद्ध हालसम्मकै ठूलो ब्यालिस्टिक मिसाइल आक्रमणहरू थिए, इजरायलको प्रशंसित हवाई रक्षा, संयुक्त राज्य अमेरिका र यसका क्षेत्रीय साझेदारहरूको संयोजनले, इरानका ड्रोन र मिसाइलहरूको लगभग सबैलाई रोके। केही थोरैले इजरायली क्षेत्रमा प्रहार गरे, तर ती या त आफ्नो लक्ष्यमा चुके वा नगण्य मात्र क्षति पु¥याए ।
आक्रमणहरूले इरानलाई कमजोरको रूपमा उजागर ग¥यो। तिनीहरूले इजरायललाई इरानमाथि प्रत्यक्ष रूपमा जवाफी हमला गर्न प्रेरित गरे, अक्टोबरमा आफ्नो उत्कृष्ट हवाई शक्तिको प्रयोग गरेर इरानी प्रमुख हवाई रक्षा ब्याट्रीहरू र सैन्य सुविधाहरूलाई नष्ट गरे, जसले पहिले तेहरानका शत्रुहरूलाई यसको क्षेत्रमा सैन्य बल प्रयोग गर्न रोकेको अन्तिम अवरोधलाई चकनाचुर ग¥यो। इरानी निरोध भत्कियो।
परिवर्तनको हावा
इरानी शासनले भोगेका असफलताहरूको बावजुद, २०२५ को शुरुमा यसको नेतृत्व र सैन्य कमान्डरहरूले पराजय स्वीकार गर्न धेरै टाढा थिए । मार्च २०२५ मा दिएको भाषणमा, सलामीले इरानले आफ्नो प्रतिस्पर्धी धार गुमाएको भन्ने विचारलाई अस्वीकार गरे, इस्लामिक गणतन्त्रको अस्तित्व नै यसको भव्य रणनीतिको प्रभावकारिताको प्रमाणको रूपमा अघि सारेका थिए । आखिर, शासन साना शक्तिहरूसँग युद्धमा थिएन, तर सबैभन्दा उन्नत हतियार, उपकरण, र सेनाहरू भएका ठूला शक्तिहरूसँग थियो। “यो चमत्कारी छ कि हाम्रो राष्ट्रले अभिमानी शक्तिहरूको सामना गर्न सक्यो,” सलामीले भनेका थिए । उनले मे मा दिएको भाषणमा पनि यस्तै स्वर सुनाएका थिए । “एक राष्ट्र जोे बन्दी छैन, एक राष्ट्र जोे प्रतिरोधको झण्डा उठाउँछ र आफ्नो सर्वोच्च नेताका शब्दहरूमा पूर्ण हृदयले कार्य गर्छ, यस्तो राष्ट्र कहिल्यै पराजित हुँदैन।”
अब, निश्चित रूपमा, सलामी मरिसकेका छन्, र इरानलाई आफ्नो संलग्नतामा जितको दाबी गर्न पहिलेभन्दा कठिन छ। केही दिनमै, इजरायलले तेहरानको सैन्य र आणविक कार्यक्रममा उल्लेखनीय क्षति पु¥याएको छ। यद्यपि वास्तविक विनाशको स्केल केवल इरानी नेताहरूलाई मात्र थाहा छ, यो सम्भवतः देशले यो न्यून बिन्दुबाट सजिलै पुनः प्राप्ति गर्नेछैन। सबैभन्दा महत्वपूर्ण, इरानले आफ्नो आकाशलाई शत्रुहरूबाट जोगाउने लगभग सबै क्षमता गुमाएको छ। यसको एकपटक प्रशंसित हवाई रक्षाहरू देशको अधिकांश भागमा नष्ट भएका छन् वा अकर्मण्य भएका छन्। यसका मिसाइल भण्डारहरू खाली भएका छन्, धेरै मोबाइल लन्चरहरू नष्ट भएका छन्, र मिसाइल निर्माण र तिनीहरूको इन्धन प्रशोधन गर्ने सुविधाहरू प्रायः ध्वस्त अवस्थामा छन्। अन्तमा, इरानको आणविक संवर्धन कार्यक्रमको धेरैजसो क्षति भएको वा नष्ट भएको छ। इरानसँग अझै पनि उच्च संवर्धित युरेनियमको भण्डार र केही भूमिगत सेन्ट्रीफ्यूज क्यासकेडहरू हुन सक्छन्। तर नजिकको अवधिमा, आणविक संवर्धनले अब निरोध मूल्य प्रदान गर्दैन।
यसमा थपिएको छ रक्षा प्रतिष्ठानको मानिसक विश्वासको क्षति । धेरै अनुभवी कमान्डरहरू र सैन्य अधिकारीहरूको हत्या, जसमा जनरल अमिर अली हाजिजबमभज, आइआरजीसीको एयरोस्पेस फोर्सका कमान्डर र यसको मिसाइल रणनीतिको वास्तुकार समेत,को अभावले शासनमा ठूलो खाडल छोड्नेछ र दशकौँको अनुभवमा निर्मित ज्ञान मेटाउनेछ। शासनले यी कमान्डरहरूलाई पहिले नै प्रतिस्थापन गरेको छ, तर जो तुरुन्तै दोहोर्याउन सकिँदैन त्यो हो तिनीहरूका पूर्ववर्तीहरूले खामेनी, कमान्डर–इन–चीफ, बाट कमाएको विश्वास र शासनको भव्य रणनीतिमा तिनीहरूको प्रभाव ।
यस्तो पराजयको सामना गर्दा, शासनले पराजय स्वीकार गर्न, आफ्नो हानि कटौती गर्न, र इजरायल र संयुक्त राज्य अमेरिकासँग सम्झौता खोज्न सक्थ्यो। त्यो बाटोले, कम्तीमा, शासनलाई संवर्धन त्याग्न आवश्यक हुनेछ। यसको अर्थ तेहरानले आफ्नो मिसाइल कार्यक्रम छोड्नुपर्ने, प्रोक्सीहरूलाई समर्थन समाप्त गर्नुपर्ने, र इजरायललाई नष्ट गर्ने आफ्नो लक्ष्य त्याग्नुपर्ने हुन सक्छ। तर जति धेरै इरानी जनताले यो परिणामलाई प्राथमिकता दिन्छन्, शासनको लागि यो पूर्ण आत्मसमर्पणको बराबर हुनेछ, जुन इरानको शासक धार्मिक प्रणालीको अन्तिम पतनको संकेतको रूपमा हेरिनेछ।
पूर्ण आत्मसमर्पणबाट बच्न, खामेनीले लडाइँ जारी राख्न पनि सक्थे। त्यसमा आणविक ब्रेकआउटको लागि जाने पनि हुन सक्छ। मानौं इरानसँग अझै पनि उच्च संवर्धित युरेनियमको भण्डार छ र ज्ञान कायम राख्छ, शासनले अझै पनि आणविक उपकरणको परीक्षण गर्न सक्छ, यो आशामा कि आणविक राज्य बन्नाले यसको गुमेको निरोधको केही हिस्सा पुनस्र्थापना गर्नेछ। तेहरानले युद्ध जारी राख्न पनि सक्थयो, या त इजरायलको लड्ने इच्छालाई समाप्त गर्न वा इरानी जनतामा शासनको समर्थन बढाउन। शासनले यो पनि आशा गर्न सक्छ कि इजरायलले आफ्ना हमलाहरू विस्तार गर्छ, वा संयुक्त राज्य अमेरिकालाई तान्न खोज्छ, यो विश्वासमा कि यदि धेरै इरानी नागरिकहरू मारिए भने, इरानी समाज देशको एकमात्र रक्षकहरूः शासनप्रति बढी सहानुभूतिशील हुनेछ् त्यो “झण्डाको वरिपरि ¥याली” बन्न आइपुग्नेछन्, यो बिन्दुमा, शासनको इरानीहरूलाई आफ्नो पक्षमा ल्याउने अन्तिम आशा हो।
तर बढ्दो आक्रामकता एक धेरै जोखिमपूर्ण शर्त हो र शासनलाई अलग र भाँचिएको छोड्न सक्छ। युद्ध जति लामो समयसम्म चल्छ, देशले त्यति नै धेरै विनाशको सामना गर्नेछ, जसले शासनको सञ्चालन गर्ने क्षमतालाई कम गर्नेछ। यदि झण्डाको वरिपरि ¥याली प्रभाव हुँदैन, वा यदि यो अन्ततः समाप्त हुन्छ भने, इस्लामिक गणतन्त्रका नागरिकहरू अन्ततः शासनविरुद्ध फर्कन सक्छन्। र यदि सरकारले आफ्नो सत्तालाई सुरक्षित गर्न आणविक हतियार प्राप्त गर्छ भने, इरान उत्तर कोरियाजस्तै देखिन सक्छ—जुन कुनै पनि इरानीले चाहने परिदृश्य होइन।
जे भए पनि, इरानी शासनले इजरायलसँगको दशकौँ लामो द्वन्द्व निश्चित रूपमा गुमाएको छ। यसले या त आफ्नो आधारभूत राजनीतिक विचारधारा त्यागेर कूटनीतिक र आर्थिक संलग्नतामार्फत क्षेत्रको बाँकीसँग एकीकरण खोज्नुपर्नेछ, वा यसले आफ्नो विश्वासमा दोब्बर जोड दिनुपर्नेछ, आफूलाई थप संकुचित गर्नेछ। अली खामेनी र क्ष्च्न्ऋ हारेका छन्; तिनीहरूले स्थापना गरेको क्षेत्रीय स्थिति समाप्त भएको छ।
– अफशोन ओस्तोवार नेभल पोस्टग्रेजुएट स्कूलका सहप्राध्यापक, फरेन पोलिसी रिसर्च इन्स्टिट्यूटका गैर–आवासीय वरिष्ठ फेलो, र “वार्स अफ एम्बिशनः द युनाइटेड स्टेट्स, इरान, एन्ड द स्ट्रगल फर द मिडल इस्ट“ पुस्तकका लेखक हुन्।)
जून १८, फरेन अफेयर्सबाट








प्रतिक्रिया दिनुहोस्