ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री पोखरेलसँग बेलायती राजदूत मोरिकको भेट


admin
चैत्र २, २०७४ शुक्रबार  ३ : ४७ बजे

बुटवल, २ चैत । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवर्ता गरेको छ ।

मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको भेट पछि मुख्य मन्त्रीले पोखरेलले बताउनुभयो ।

उहाँले बेलायत सरकारका तर्फबाट ५ नं प्रदेश सरकारसँग सहकार्य गर्न देखाइएको सद्भावप्रति प्रदेश सरकारका प्राथमिकता निर्धारण गरी छिट्टै नै कार्यान्वयनका लागि अनुरोध गर्ने बताउनुभएको थियो ।

सो टोलीले प्रदेश ५ मा खासगरी विकास, कृषि र वातावरणीय संरक्षणको क्षेत्रमा काम गर्नसक्ने भेटमा राजदूत मोरिकले आफूलाई जानकारी गराएको समेत मुख्य मन्त्रीले बताउनुभयो । उहाँले प्रदेश सरकारलाई परियोजनाका लागि वैदेशिक सहयोग जुटाउन सक्ने भए पनि यसको संघीय सरकारसँग पूर्व अनुमति लिनुपर्ने संवैधानिक व्यवस्थाका बारेमा राजदूतको टोलीलाई स्पष्ट गराउनुका साथै प्रादेशिक योजना आयोगको निर्माणपछि लगानीका विषयमा छलफल गर्न सकिने समेत आफूले जानकारी गराएको बताउनुभयो ।

मुख्यमन्त्रीसँगको भेटमा डिएफआइडी नेपालका प्रमुख डा रुरिक मार्सर्दनलगायत बेलायती राजदूतावासका प्रतिनिधि र डिएफआइडीका अन्य प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

तनहुँ–१ को ‘ट्रिपल थ्रेट’ : स्वर्णिमको लहर कायम कि भगवती न्यौपानेले एमाले मत जोगाउँछिन्?

रास्वपाको ‘सादगी चरित्र’ अभियान: माछामासु-रक्सी बन्द, ४ मिनेट ढिलाइमा ४ पटक उठबस!

रुपन्देहीका क्षेत्र १, ४ र ५ : कांग्रेस–एमालेको पुरानो द्वन्द्व, रास्वपाको युवा चुनौती र नेकपाको मधेस कार्ड !

रुपन्देही–२ : विष्णु पौडेल र चुन्नु पौडेलबीच ‘क्लासिक’ प्रतिस्पर्धा, रास्वपाले कति मत काट्ला ?

रुपन्देही–३ : मुख्य प्रतिस्पर्धामा तीन उम्मेदवार-रास्वपालाई बागीको डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com