ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेष घलेका गतिविधि गैरकानूनी : एनआरएनए (पत्र सहित)


एबीसी न्यूज

काठमाडौं, १४ माघ। गैरआवासीय नेपाली संघले एकता महाधिवेशनको नाममा पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा भएका गतिविधिहरू गैरकानूनी भएको जनाएको छ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीले शुक्रबार संघका राष्ट्रिय समिति (एनसीसी) हरुलाई पत्राचार गर्दै संघको विवादका सम्बन्धमा सर्वोच्च अदालतले दिएको दोस्रो फैसलाको विपरीत हुने कुनै पनि गतिविधि गैरकानूनी हुने बताएका छन्। पत्रमा, “सन् २०२५ जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारी बैठकको निर्णय अनुसार यस गैरआवासीय नेपाली संघको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मिति २०८२ माघ ६ र २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा आयोजना हुने” उल्लेख छ।

गैरआवासीय नेपाली संघका एक पूर्वअध्यक्ष कुमार पन्तले घले समूहले आफ्नो नाम र हस्ताक्षरको दुरुपयोग गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि संघले घले समूहका गतिविधिहरूलाई गैरकानूनी भनेको हो।
संघले महाधिवेशनको तयारीका लागि यस संघले तयार गरेको एमआईएस प्रणाली मार्फत सदस्यताका खुल्ला गरिएको जानकारी दिएको छ ।

आधिकारिता सम्बन्धित विषय

आधिकारिता सम्बन्धित विषय

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ -२०२५ कार्यकाल) को आधिकारिता सम्बन्धित विषय उपर सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन नं. ०८०.WO.११५७ मा सुनुवाई हुँदा सम्मानित सर्वोच्च अदालतबाट रिट निवेदन नं ०७९.WO.१५०७ को मिसिल कागजात र फैसलाको पूर्ण पाठ समेत अवलोकन गरि मिति २०८१. ०४ . २२ मा संघको महाधिवेशनहरु एक अर्काको मातहतका रहने अङ्ग नभई हरेक अन्तर्राष्ट्रिय महाधिवेशन स्वयंमा सार्वभौम र स्वायत्त अङ्ग ठहर भई ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३-२०२५ कार्यकाल -कार्य समिति) को कार्य अवधिसम्म काम गर्न पाउने ठहर भएको स्मरण गराइएको छ ।

संघका पूर्व अध्यक्ष शेष घले समूहले संघको महाधिवेशन आयोजना गर्ने जनाई विभिन्न पत्राचार/ईमेल एनसीसीहरुमा भई रहेको जानकारी हुन आएको हुँदा उक्त पत्राचार र ईमेल संघ सम्बन्धित नभएको र त्यस्तो पत्राचारमा संघको सरोकार नरहेको हुँदा भ्रम / अन्यौलमा नरहि संघको निर्देशनानुसार मात्र कार्य गर्न पत्राचार गरिएको छ ।


परराष्ट्रमन्त्री देउवाको निर्देशन विपरित गतिविधि

यस्तै पत्रमा, ‘माननीय परराष्ट्रमन्त्री आरजू राणा देउवाबाट सन् २०८१ । ०७ । २१ (तदनुसार सन् २०२४ नोभेम्बर ६) मा सम्मानित सर्वोच्च अदालतबाट भएको रिट निवेदन नं. ०७९ । WO । १५०७ र रिट निवेदन नं ०८० । WO । ११५७ का सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयबाट राय लिई अघि बढ्ने सम्म सहमति भएको विषयमा परराष्ट्र मन्त्रालयबाट आवश्यक कार्य हुने नै हुँदा संघको गतिविधि र निरन्तरतालाई खलल पुग्ने गरि कुनै पनि समूहबाट कार्य हुन नसक्ने र त्यस्तो कार्य भएमा संघले स्वामित्व समेत नलिने जानकारी गराउँदछौं’ उल्लेख छ।

संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ २०२५ कार्यकाल) को पूर्ण कार्यकालको सुनिश्चितता गरि निवेदन नं ०८० । WO । ११५७ मा भएको फैसला विपरित कुनै पनि कार्य भएमा त्यस्ता कार्यहरु स्वतः गैरकानूनी हुने जानकारी गराउँदछौं । संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (सन् २०२३ । २०२५ कार्यकाल) को निर्देशानुसार मात्र कार्य गर्न अनुरोध गरिएको छ ।

पत्रमा, आगामी मिति २०८२ । ०६ । २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा हुने गरि तय भएको संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई सहयोग र सहकार्य गर्न सम्पूर्ण एनसीसीहरुमा हार्दिक अपिल गर्दछौँ’ उल्लेख छ ।

पत्रमा, ‘सन् २०२५ जनवरी १९ मा बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पदाधिकारी बैठकको निर्णय अनुसार यस गैरआवासीय नेपाली संघको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मिति २०८२ / ०६ / २५ देखि २८ (तदनुसार सन् २०२५ अक्टोबर ११ देखि १४) मा आयोजना गर्ने निर्णय गरेको जानकारी गराईको’ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com