काठमाडौं, २६ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको बागडोर नेकपाले सम्हाल्नुपर्ने देशको आवश्यकता बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाको निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपालाई लक्षित गर्दै सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने बताए ।उनले भदौ २३ गते विद्यार्थीको हत्या गर्ने र २४ गते विध्वंस मच्चाउनेहरूले आत्मसमी क्षासमेत नगरी हो(हल्ला गरेर हिँडेको टिप्पणी गरे ।उनले भने, ‘यी दुवैभन्दा हामी फरक छौँ, विचारले फरक । यो पार्टीले देशको बागडोर सम्हाल्नुपर्ने आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ ।’उनले बाहिरबाट आफ्नो उमेरले डाँडो काटे पनि भित्रबाट त्यस्तो नभएको जिकिर गरे ।उनले थपे, ‘उमेरले बाहिरबाट डाँडो काटेजस्तो देखिएको होला बाहिरबाट, तर भित्रबाट बिल्कुल कटेको छैन । मैले अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितमा समर्पित भएर नयाँ आन्दोलनको सृष्टि गर्ने सङ्कल्प गरेको छु ।’कार्यक्रममा एमाले छाडेर नेकपाको उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेमा दास र लासहरुमात्र बाँकी रहेकाले विद्रोह गरेको भन्दै जनताको मायाले चुनाव जित्ने दावी गरे । प्रचण्डले अम्बिरबाबुलाई चु्नाव जिताएमा पार्टीले उचित जिम्मेवारी दिने भन्दै मन्त्री बनाउने संकेत गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्