ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगनसँगै उभिएर शेखर र गच्छदारले भने– गगनको नेतृत्वमा एक भयौं


एबीसी न्यूज
माघ २६, २०८२ सोमबार  ८ : २३ बजे

काठमाडौं । नेपाली कांग्रेसभित्रको एकता र सभापति गगन थापाको नेतृत्वमा पार्टी एकढिक्का भएको सन्देश कोशी प्रदेशमा स्पष्ट रूपमा देखिएको छ । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सभापति गगन थापा, वरिष्ठ नेता डा. शेखर कोइराला र पूर्व उपसभापति विजयकुमार गच्छदार एकै मञ्चमा उभिएर एकताको सन्देश दिएका छन् ।

कार्यक्रम सुरु हुनुअघि नै सभापति थापालाई स्वागत गर्न डा. कोइराला आफैं विमानस्थल पुगेका थिए । यो दृश्यले पार्टीभित्रको एकताको प्रतीकात्मक महत्व बोकेको छ । मञ्चमा महामन्त्री गुरुराज घिमिरे, कोशी प्रदेश सभापति उद्धव थापा, पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, सुनिल थापा, रामहरि खतिवडालगायत पनि उपस्थित थिए ।

पार्टी सभापति बनेपछि पहिलोपटक सोमबार विराटनगरमा कोशी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘कुनै एउटा व्यक्तिले आएर चमत्कार गर्छु भनेर भ्रष्टाचार नियन्त्रण हुँदैन। विगतमा संस्थाहरूलाई पङ्गु बनाएका छौँ। अब ती संस्थाहरूलाई बलियो बनाउँछौँ।’ 

उनले विधिको शासनमा कुनै सम्झौता नहुने दृढता व्यक्त गरेका छन्।

‘कोही सत्ताको नजिक छ, लोकप्रिय छ भनेर कानुन फरक हुँदैन। कानुन सबैका लागि बराबर हुनुपर्छ,’ उनले भने।

सभापति थापाले यो निर्वाचनमा कांग्रेसको पहिलो प्रतिबद्धता संविधानको निरन्तरता भएको बताए।

‘यो संविधान धेरै संघर्ष र उतारचढावपछि आएको हो,’  उनले भने, ‘यसलाई तलमाथि गर्दा ठूलो मूल्य चुकाउनुपर्छ।’

उनले संविधानभित्र सुधार आवश्यक भए पनि त्यो संवाद र सहमतिबाट मात्र सम्भव हुने बताए।

भदौ २३ र २४ का घटनालाई केवल आकस्मिक हिंसा नभई नागरिक असन्तुष्टिको विस्फोटका रूपमा व्याख्या गर्दै कांग्रेसले  मात्रै देश सम्हाल्न सक्ने दाबी उनले दोहोर्याए। 

उनले ती घटनापछि देखिएका राजनीतिक प्रतिक्रियालाई दुई प्रवृत्तिमा विभाजन गर्दै भने, ‘एउटा डिनायलको प्रवृत्ति देखियो—नागरिकमा  असन्तुष्टि नै छैन भन्ने, सबैलाई षड्यन्त्र र घुसपैठ भन्ने। अर्को डिभिडेण्ड खाने प्रवृत्ति—नौजवानको ज्यान गएको घटनाबाट राजनीतिक मुनाफा खोज्ने। कांग्रेस यी दुवै प्रवृत्तिको खिलाफमा छ।’ 

नेताहरूका भनाइ

  • सभापति गगन थापा : चुनावमा पार्टी एकढिक्का भएर अघि बढेको छ । परिवर्तनलाई स्वीकार गर्दै एकजुट भएको कांग्रेसलाई जितबाट कसैले रोक्न सक्दैन । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संविधानको निरन्तरता मुख्य प्रतिबद्धता हो । संविधानभित्र बदल्नुपर्ने धेरै कुरा छन्, तर त्यसका लागि विश्वास र संवाद आवश्यक छ । यो नेतृत्व कांग्रेसबाहेक अरूले गर्न सक्दैनन् । बिग्रिएका कुरा सच्याएर अघि बढ्न तयार छौं ।
  • नेता डा. शेखर कोइराला : सबै वर्ग, समुदायका लागि कांग्रेसले योजना बनाएको छ । जित अपरिहार्य छ । पार्टी एकढिक्का भएर निर्वाचन सामना गर्न तयार छ । शुद्धीकरणका लागि तयार छौं— ‘ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर नेपाली कांग्रेसमा शुद्धीकरण हुन्छ ।’
  • पूर्व उपसभापति विजयकुमार गच्छदार : कांग्रेस एक भएको छ, एक भएर नेपाली कांग्रेसले निर्वाचनको सामना गर्छ । त्यसैकारण आज मञ्चमा भएका हाम्रा नेताहरू, इतिहास बनाएका पुराना नेताहरू पनि गगनकुमार थापाको नेतृत्वमा चुनावमा जानुभएको छ ।

यो कार्यक्रमले कांग्रेसभित्रका गुटगत विवादलाई पछाडि पार्दै निर्वाचनमा एकजुट हुने सन्देश दिएको छ । विशेष गरी गगन थापाको नेतृत्वमा पुराना र नयाँ पुस्ताका नेताहरू एकै ठाउँमा उभिनुले पार्टीको एकता बलियो बनेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

सम्बन्धित

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

सामाजिक सञ्जालको ‘स्टन्ट’ र लोकप्रियतावाद लोकतन्त्रका लागि खतराः प्रचण्ड

एमाले कुन स्थानमा रहला ?शेर बहादुर तामाङ , उम्मेदवार, सिन्धुपाल्चोक २

सिरहा कारागारमा तनाव : नाइके पक्राउपछि कैदीहरूको आगजनी र तोडफोड, छतमाथि चढेर नाराबाजी

जाँचबुझ आयोगको म्याद २५ दिन थपियो, चुनावअघि प्रतिवेदन नआउने

देशको बागडोर सम्हाल्नु पर्नेछ, हेर्दा मात्रै उमेरले डाँडो काटेजस्तो देखिएको हुँ : प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com