ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रिटिस मिडियाले पाठकहरूलाई प्रोपोगण्डा घिचाउँदैछ


मार्क ब्ल्याकलोक 

बेलायतको सबैभन्दा स्थापित समाचारपत्रमध्ये एउटाको पहिलो पृष्ठमा चीन, रसिया र इरानले बेलायतको संवैधानिक राजतन्त्रप्रतिको विश्वासलाई कमजोर पार्न बेलायती सिंहासनको उत्तराधिकारीकी पत्नीलाई ट्रोल गर्न सामाजिक सञ्जाल प्रयोग गरेर बेलायतलाई अस्थिर पार्ने काम गरिरहेको आरोप लगाउँदै एउटा समाचार प्रकाशित गरेपछि, पाठकहरूलाई यो मजाक हो भन्ने सोच्नका लागि माफी दिन सकिनेछ । यति बेतुकको र यति धेरै झुठो कुनै पनि कुरालाई कसरी गम्भीरताका साथ लिन सकिन्छ ? दुर्भाग्यवस, यो मजाक थिएन। बेलायतको दक्षिणपन्थी अखबारहरू मध्ये एक टेलिग्राफ दैनिकमा छताछुल्ल भएको थियो, जसमा पश्चिमी भू–राजनीतिक विचारका तीन बोगीम्यानले शासक राजा चार्ल्स तृतीयका उत्तराधिकारी राजकुमार विलियमकी पत्नी, वेल्सकी राजकुमारी केटलाई लक्षित गरेको दाबी गरिएको थियो।

चीन–रुस र इरानमाथि लामो समयसम्म सार्वजनिक जीवनमा देखा नपरेकी राजकुमारीका बारेमा जंगली षड्यन्त्रको सिद्धान्तलाई बढावा दिन सहयोग गरेको आरोप लगाइएको थियो। अहिले प्रष्ट भएको छ कि उनको औपचारिक कार्यक्रमहरूमा देखिएको गैर–उपस्थिति खराब स्वास्थ्यको कारणले त्यस्तो भएको हो । अहिले उनलाई क्यान्सर लागेको निदान भएको छ । यो विषय सार्वजनिक हुनुअघि, सोसल मिडियाका षड्यन्त्रकारीहरूले उनप् कथित ूबेपत्ताू भएको भन्ने बारेमा झूट र अफवाहहरू फैलाउँदै थिए। सत्य बाहिर आएपछि पनि अनलाइनमा त्यस्ता विरोधीहरूले आफ्नो डरलाग्दो काम जारी राखेका छन् ।

गत सोमबार टेलिग्राफको समाचार स्टोरी प्रकाशित भयो । षड्यन्त्र सिद्धान्त र गलत सूचनाको मुद्दालाई सम्बोधन गर्दै, एउटा कथाको साथ जुन आफै षड्यन्त्र सिद्धान्त र गलत सूचनाले भरिएको थियो।

चीन, रुस र इरान विरुद्धको आरोपलाई समर्थन गर्ने ूतथ्यहरूू कमजोर देखिन्थे। आरोपहरू अज्ञात सरकार वा बनामे स्रोतहरूू द्वारा पुष्टि गरिएको दावी गरिएको थियो, जसले एनोडाइन, अस्पष्ट टिप्पणीहरू गरेका थिए । जुन सोसल मिडियाको दुरुपयोगको बारेमा लगभग कुनै पनि स्टोरीमा प्रयोग हुन सक्छ। कतै पनि ूस्रोतहरूू ले स्पष्ट रूपमा चीन, रसिया वा इरानको नाम लिएनन् वा बेलायत बाहिरका कुनै पनि शत्रुतापूर्ण राज्य अभिनेताहरूले वास्तवमा राजकुमारीलाई घेरिएको उन्मादपूर्ण अनलाइन अफवाह तन्त्रमा भाग लिएको उल्लेख गरेका थिएनन् । नजिकबाट जाँच गर्दा, त्यो स्टोरीको विश्वसनीयता बिहानको घाममा कुहिरो फाटेजस्तै गरी ध्वस्त हुन्छ ।

विडम्बना के छ भने, टेलिग्राफको सरकारी स्रोतले चेतावनी दियो कि राज्य विरोधीहरूले ूचीजहरूलाई अस्थिर बनाउन काम गर्छन् – हो त्यो हाम्रो चुनाव वा अन्य संस्थाहरूको वैधतालाई कमजोर पार्दै गरेका हुन्।ू व्यापक रूपमा अनुमान गरिएको छ कि यो वर्ष समाप्त हुनुअघि नै बेलायत आम चुनावको मतदानमा जानेछ । र मतदान प्रक्रियाको अखण्डता र जनताको विश्वासले राजनीतिक प्रणालीप्रति मतदाताको विश्वासलाई धेरै हदसम्म बताउनेछ।

तर त्यो विश्वास, त्यो आलोचनात्मक सार्वजनिक विश्वास कायम गर्ने समय निकै कम छ। बेलायतको अफिस फर नेसनल स्ट्याटिस्टिक्सले हालै बेलायती जनताको राजनीतिक दलहरूमाथि विश्वास केवल १२ प्रतिशत, सरकारको विश्वसनीयताप्रति २७ प्रतिशत र संसदको २३ प्रतिशत रहेको देखाएको छ । यस्तो समयमा, राजनीतिज्ञहरूले कथित बाहिरी खतराहरूलाई उछालेर आफ्नै विश्वसनीयता बढाउन कोशिश गर्नु धेरै सजिलो तरिका हो । उनीहरूका लागि, चीन, रसिया र इरान यी भूमिकाहरूमा सजिलैसँग हातमा हात मिलाएर हात लाग्छन् भन्दै टेलिग्राफको नाटक कथा जस्तो समाचार स्टोरीहरु तयार पार्छन्।

यो कुनै दुर्घटना थिएन । वेल्सकी राजकुमारीमाथि बाहिरी राज्यले आक्रमण गरेको आरोप लगाउने स्टोरी बेलायती सरकारले गरेको एउटा ठूलो घोषणाको बिहानै सार्वजनिक गरियो, त्यो लगभग घरेलु चिनियाँ बाजहरूलाई अपील गर्न डिजाइन गरिएको एक अस्त्र थियो।
उपप्रधानमन्त्री ओलिभर डाउडेनले हाउस अफ कमन्समाल भनेकाल थिए चीनले संसदका सदस्यहरू र बेलायतको मतदान वाचडगका रुपमा रहेको निर्वाचन आयोग विरुद्ध ूदुर्भावनापूर्णू साइबर हमला अभियान चलाएको छ। यी अभियानहरूको प्रतिकार गर्न, त्यस्ता दुवै खाले व्यक्ति र जिम्मेवार मानिएको कम्पनी विरुद्ध प्रतिबन्ध लगाइनेछ। कथित रूपमा चोरी गरिएका केही डाटाहरूमा ३ करोडभन्दा बढी मतदाताहरूको नाम र ठेगानाहरू थिए–तैपनि यीडाटाहरु सार्वजनिक रूपमा नै उपलब्ध कागजातहरूमै जो कोहीका लागि पनि पहुँचयोग्य छन्।

‘चीन–सम्बद्ध अभिनेताहरूले उत्पन्न गरेको साइबर खतरा वास्तविक हो र यो गम्भीर छ।’ डाउडेन चीनको संलग्नतामा विश्वस्त भएको बताउँदै भनिरहेका थिए ।
यद्यपि, बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र, बेलायतको जिसिएचक्यू ईभस्ड्रपिङ र स्नूपिङ सङ्गठनको एक डिभिजनले सयुक्त रुपमाजारी गरेको विज्ञप्तिमा चीन ‘लगभग निश्चित रूपमा’ जिम्मेवार रहेको मात्र भनिएको छ, तर स्पष्ट रूपमा दोषको बर्गीकरण गर्ने कामलाई वेवास्ता गरिएको छ । यसले सांसदहरूको इमेलहरू कथित रूपमा तीन वर्षअघिदेखि रोकिएको कुरा पनि औंल्याएको छ। सायद यो अर्को संयोग मात्र हो कि आरोपहरू अहिले मात्र सार्वजनिक भइरहेका छन्, र सरकारको प्रतिक्रियाले चुनावी वर्षमा सम्भावित विरोधीमाथि कडा हुने बहाना मिलेको छ ।

चीनको बारेमा नकारात्मक मिडिया रिपोर्टिङको एउटा ढाँचा छ, जसले जनताको धारणालाई प्रत्यक्ष रूपमा असर गर्छ र फलस्वरूप ब्रिटिस राज्यको विदेश नीतिको स्थितिलाई आकार दिन पनि मद्दत गर्दछ। हालैका हप्ताहरूमा, चीनप्रतिका विकृत, कपटपूर्ण र पाखण्डपूर्ण कभरेजका धेरै उदाहरणहरू देखिएका छन्।

किङ्ग्स कलेज, लन्डनमा हालै गरिएको अनुसन्धानले यस प्रकारको मिडिया व्यवहारले चीनका बारेमा व्यापक नकारात्मक विचारहरूलाई बलियो बनाउने र त्यसै गर्न योगदान पुर्याउने काम मात्र गर्दछ । यसको परिणाम चीनप्रतिका थप कठोर नीतिहरू बनाउनु पर्छ भन्ने त्यस्तै हिमायतीहरुको चाहनाअनुरुपको धारणालाई बल पुर्याउंछ ।

: ग्लोबल टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com