ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आहार र बासस्थान संकटमा परेपछि हराउन थाले गिद्ध


एबीसी न्यूज
फाल्गुन ७, २०७४ सोमबार   ८ : १६   बजे

रामपुर, पाल्पा, ७ फागुन ।  आहार र बासस्थान व्यवस्थापन नहँुदा हिजोआज गिद्ध हराउन थालेका छन् । प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धको आहार र बासस्थानमा सम्बन्धित निकायले ध्यान नदिँदा गिद्धको संख्या लोप हुन पुगेको हो ।

कालीगण्डकी नदीका वारिपारिका किनारमा बासस्थान बनाएर वर्षौंदेखि बसोबास गर्दै आइरहेका गिद्ध अहिले देख्न पनि मुस्किल परेको छ । नदी किनारमा हिजोआज मरेका जीव जनावर जथाभावी फ्याँक्न रोक लगाउनु, अर्कोतर्फ गिद्ध बस्ने सिमलका रूखको संरक्षण नहँुदा गिद्ध लोप हुन पुगेको हो ।

सिमलका रूख विकास निर्माणका नाममा पछिल्लो समय धमाधम मासिन थालेपछि गिद्धको बासस्थान नै खलबलिन पुगेको रामपुरका स्थानीय समाजसेवी बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । “कालीगण्डकीका विभिन्न घाटमा प्रशस्तै गिद्ध देखिन्थ्यो, तर अहिले भने एक–दुईवटा पनि भेटृाउन मुस्किल छ”, उहाँले भन्नुभयो ।

आजभन्दा एक दशकअगाडि सम्म कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाट लगायतका दर्जनौँ घाटमा प्रशस्त मात्रामा गिद्ध भेटिन्थे । नदी किनारमा मरेका जीवजन्तु, गाईवस्तु फ्याँक्ने गर्नाले पनि गिद्धको ठूलै बथान देखिन्थ्यो । हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर नदी किनारामा जथाभावी फ्याँक्न रोक लगाएपछि गिद्धको संख्या पनि दिनानुदिन घट्दो अवस्थामा रहेको चापाकोट नगरपालिकाका स्थानीयवासी शोभाकान्त पाठक बताउनुहुन्छ ।

नेपाल सरकारले गिद्ध संरक्षणका लागि अभियान ल्याए पनि संरक्षण हुन नसक्दा लोप हँुदै गएका हुन् । पछिल्लो समय यस कालीगण्डकी क्षेत्रमा मात्र नभई देशमै गिद्धको संख्या घट्दो छ । गिद्ध संरक्षणका लागि स्थानीय निकायले विशेष कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।

विश्वमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातीका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी र सिमलका रूखहरुको विनाश गर्दै जाँदा यसको बासस्थान संकटमा परेको छ । नेपालमा सानो, खैरो, डङगुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर र लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group