ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ५ को उपसभामुखमा थारुको उम्मेदवारी


एबीसी न्यूज

बुटवल, ५ फागुन । प्रदेश नं ५ को उपसभामुख पदका लागि कृष्णी थारुले आज प्रदेशसभा सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारका रुपमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । थारु एमालेबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँको प्रस्तावकमा नेकपा एमालेका प्रदेश प्रमुख सचेतक भूमिश्वर ढकाल तथा समर्थकमा माओवादी केन्द्रका प्रदेश प्रमुख सचेतक दधिराम न्यौपाने हुनुहुन्छ ।

आइतबार हुने उपसभामुख निर्वाचनका लागि प्रदेशसभा सचिवालयले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकेको छ । प्रदेशसभाको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको छ । अहिलेसम्म कृष्णीको मात्रै उम्मेदवारी परेको जनाएको छ ।

संविधानमा सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने उल्लेख छ । 

कमैया तथा कम्लहरी महिलाको मुक्ति एंव अधिकारका लागि करिब दुई दशकदेखि अगुवाइ गर्दै आएकी बर्दिया राजापुर नगरपालीकाकी कृष्णी बाल्यकालदेखि नै जमिन्दारको घरमा कम्लहरीको रुपमा काम गर्नुभएको थियो । उहाँको विवाहपछि पनि जमिन्दारको घरमा परिवारसहित कमैयाको रुपमा काम गर्नुभएको थियो ।

विसं २०५७ साउन २ गते सरकारले कमैया कम्लहरी मुक्त भएको घोषणा गरेसँगै उहाँको परिवार पनि मुक्त भएको हो । सरकारले कमैयामुक्त गर्दा मुक्तकमैयालाई पहिचान नदिएको भन्दै उनी विभेद् विरुद्ध लामो समयसम्म कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर आन्दोलनको अगुवाइ गर्दै आएकी थिइन् ।

उम्मेदबारी दर्तापछि नेतृ थारुले आफूले उपसभामुख पदको मर्यादित ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रदेश नं. ५ को समृद्धिका लागि सम्पूर्ण दलसँग सहकार्य र समन्वय गरेर अगाडि बढने बताउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि उपसभामुख पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com