ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गल्छी–रसुवागढी सडक निर्माण तिव्रगतिमा


admin

नुवाकोट, २९ माघ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तोकिएको समयभित्रै पूरा गर्न तीव्रता दिइएको छ ।

अहिले दुई चरणमा दैनिक आठ घण्टा सडकमा सवारी आवागमन बन्द गरिँदै आइएकामा फागुन १ गतेदेखि एकै चरणमा दैनिक ६ घण्टा सडकमा आवागमन बन्द गरी सडक विस्तारको कार्यलाई गति दिन लागिएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो ।

फागुन १ देखि दैनिक बिहान ११ बजेदेखि साँझ पाँचबजेसम्म सडकमा सवारी आवागमन बन्द गरी काममा तीव्रता दिने निर्णय जिल्लाको सर्वदलीय तथा सर्वपक्षीय बैठकले शुक्रबार गरेको हो । यो सडकमा गएको पुस १ गतेदेखि यही माघ मसान्तसम्म बिहान ६ देखि ९ बजेसम्म र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म दुई चरणमा आठ घण्टा सवारी सञ्चालन बन्द गरी निर्माणको काम अघि बढाइँदै आइएको थियो ।

विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पुस १ देखि शुरु भएको सडक स्तरोन्नति तथा विस्तारको काम छ महिना थप सहित गरी २७ महिना (२०७५ फागुन ५)मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । यसअघि एक वर्ष अवधिको प्रगति निकै निराशाजनक भएपछि लक्ष्य पूरा गर्न अहिले युद्धस्तरमा काम भइरहेको योजना प्रमुख देवकोटाले बताउनुभयो ।

“भारतीय नाकाबन्दीले चीनसँग जोड्ने अन्तर्राष्ट्रिय नाकाको रुपमा छनोट गरिए पनि सडक विस्तारमा लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सकेका छैनौं,” योजना प्रमुख देवकोटाले भन्नुभयो – “मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानान्तरण, वन क्षेत्रमा काम गर्न अनुमति पाउन ढिलाइले तोकिएको समयमा काम पूरा गर्न गा-हो भइरहेको छ ।”

फागुन १ देखि दैनिक ६ घण्टा सवारी आवागमन बन्द गरी काम थालेर अबको दुई महिनामा प्रगति ३५ प्रतिशत पु-याउने लक्ष्य लिइएको योजना प्रमुख देवकोटाले बताउनुभयो ।

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्म ८६ किलोमिटर सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनामार्फत तीन खण्डमा निर्माण गर्न रु नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ । साविक सडक सुधार तथा स्तरोन्नतिको काम ठेकेदार पक्ष कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनसहित नेपाली सेना र चीन सरकारमार्फत भइरहेको छ ।

मुख्य बजारमा चार लेन 

गल्छीबाट शुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भएपनि धादिङको गल्छी बजार र नुवाकोटको गंगटेदेखि ढुङ्गे बजारसम्म चार लेन बनाउन लागिएको छ ।

गल्छीको मुख्य बजारमा ५०० मिटर र गंगटेदेखि ढुङ्गेसम्म पाँच किलोमिटर सडकमा बीचमा फूलबारी (क्वारी) सहित चार लेनको बनाउन लागिएको योजना प्रमुख देवकोटाले बताउनुभयो ।

उहाँका अनुुसार दुई लेन सडकमा ११ मिटर कालोपत्रे बनाइने सडकको मध्यभागदेखि दायाँबायाँ १५-१५ मिटर जग्गा अधिग्रहणका लागि नापी कार्यालयमार्फत लगत संकलन भइरहेकाले जतिसक्दो चाँडो यकिन गरी मुआब्जा वितरण गर्न पहल भइरहेको छ ।

रु नौ अर्ब पचास करोडको लगानीमा निर्माण भइरहेको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु तीन अर्ब ६३ करोड ९१ लाखमा ४६ किलोमिटर सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो ।

त्रिदेशीय मार्ग बन्ने 

चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्ग समेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिङ्गो मुलुकको आर्थिक विकासमा यो सडक ठूलो योगदान रहने छ ।

राष्ट्रिय गौरवको योजनाको रुपमा हेरिएको यो सडक निर्माणको कामलाई जनअपेक्षाअनुसार नै नयाँ बन्ने सरकारले तीव्रता दिने आशा गरिएको छ । भारतीय सरकारबाट अघोषित नाकाबन्दी भइरहेको समयमा विसं २०७२ कात्तिक २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यो सडक निर्माण गर्ने निर्णय गरेको थियो ।

सडक सञ्चालनमा आएपछि चीनसँगको सीमा रसुवागढीदेखि त्रिशूली, गल्छी हुँदै काठमाडौँ पुग्न १२८ किलोमिटरको मात्रै यात्रा तय गर्नु पर्नेछ । योजना प्रमुख देवकोटाका अनुसार रसुवागढीदेखि गल्छी हुँदै भारतीय सीमा क्षेत्र पर्साको ठोरीसम्मको दूरी २७८ किलोमिटर मात्र हुनेछ ।

सन् २०२० सम्म केरुङमा रेल सेवा विस्तार गर्ने चीन सरकारको योजनाले रसुवागढी–काठमाडौँ तथा रसुवागढी–ठोरी सडकको उपयोगितालाई अझै बढाइदिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com