ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड


एबीसी न्यूज
माघ २९, २०७४ सोमबार   १ : ०२   बजे

पाल्पा, २८ माघ ।  यहाँका अधिकारवादी संस्थाले निःशुल्क प्रसूति सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै आएका छन् ।

स्वास्थ्य अधिकार तथा सूर्ती नियन्त्रण जिल्ला सञ्जाल, स्वास्थ्य सीपमूलक शैक्षिक विकास केन्द्र, जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, इन्सेक र शान्तिका लागि साझा अभियानलगायतका संस्थाले जिल्लाका अस्पतालबाट सुत्केरी महिलाले पाउनुपर्ने सबै स्वास्थ्य अधिकार पूर्णरुपमा उपलब्ध गराउनुपर्ने र सचेतना कार्यक्रम चलाउनुपर्ने मागसहित जिल्ला स्वास्थ्य प्रमुखलाई ज्ञापनपत्र बुझाएको सञ्जालका संयोजक प्रेम कार्कीले बताउनुभयो ।

सुत्केरी महिलाले प्रोत्साहनस्वरुप यातायात खर्च उपलब्ध गराउने आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा उनीहरु मर्कामा परेका थिए ।

सरकारले २०६५ सालदेखि सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउनका लागि प्रोत्साहनस्वरुप सुत्केरी भत्ता व्यवस्था गरेपछि अकालमा ज्यान गुमाउने मातृशिशुको मृत्यु दरमा कमी आएको छ ।

हिमाली जिल्लामा रु एक हजार ५००, पहाडी जिल्लामा रु एक हजार र तराईका जिल्लामा रु ५०० सुत्केरी भत्ता प्रदान हुँदै आएको छ । गर्भवती महिलाले नियमित रुपमा चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएबापत रु ४०० सहजरुपले सुत्केरी महिलाले पाउनुपर्ने जिल्लास्तरीय मानवअधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीको भनाइ छ ।

मातृशिशुको मृत्युदर घटाउनका लागि आमा सुरक्षा कार्यक्रमलाई सफल बनाउनुपर्ने र त्यसका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको अनुगमन प्रभावकारी हुनुपर्ने र सरकारी स्थास्थ्य संस्थामा २४ घण्टे प्रसूति गृह सञ्चालन गर्नसमेत उहाँले जोड दिनुभयो ।

सरकारको ठूलो लगानीमा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा रहे पनि स्थानीय तह र सरकारी स्वास्थ्य संस्थामा समन्वयको अभावमा प्रभावकारी काम हुन सकेको छैन । स्थानीय तह, सरकारी स्वास्थ्य संस्था र स्थानीय बासिन्दाको पहलमा स्वास्थ्य संस्थालाई व्यवस्थित रुपमा अघि बढाउन सके सुत्केरी तथा बालबालिकाले स्वास्थ्य सुविधा पाउने थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा चौधरीले सुत्केरी महिलाले पाउनुपर्ने सेवा सुविधामा ढिलासुस्ती हुन नदिन तत्कालै सेवा प्रदान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group