ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन गरियो सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग ?


admin

भक्तपुर, २६ माघ । सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

गत पुस २८ गते बसेको नगरसभाले शिक्षा नियमावली पारित गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सम्बन्धित वडाका अध्यक्ष वा सदस्यमध्येबाट एकजना विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गरेसँगै नगरपालिकाले विद्यालय व्यवस्थापन समिति भंग गरेको हो ।

नगरपालिकाका उपप्रमुख जुना बस्नेतले नगरपालिकाले सबै सामुदायिक विद्यालय व्यवस्थापन समिति भंग गरी नगरभित्रका सामुदायिक विद्यालयलाई नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति पुनःगठन तथा विद्यालयस्तरमा गर्नुपर्ने अन्य व्यवस्था तत्काल कार्यान्वयन गर्न पत्राचार गरिसकेको जानकारी दिनुभयो ।

सूर्यविनायक नगरभित्र ५६ वटा निजी र ४० वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले यस्तो निर्णय गरेसँगै यहाँका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनको प्रक्रिया शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

नगरसभाले जनप्रतिनिधिको नेतृत्वमा सामुदायिक विद्यालय भए शिक्षाको गुणस्तरमा वृद्धि हुने ठहर गर्दै यस्तो निर्णय गरेको जानकारी दिँदै नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले यस नगरले हरेक वर्ष नमूना विद्यालय बनाउने अठोटसमेत गरेको जानकारी दिनुभयो ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थाअनुसार यस्तो निर्णय भएको बताउँदै उहाँले स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ को उपदफा २ खण्ड ‘ज’ को सात ७ नं बुँदामा विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापनको व्यवस्थालाई नगरपालिकाले कार्यान्वयनमा ल्याएको उहाँको भनाइ थियो ।

सार्वजनिक शिक्षामा सुधार ल्याउन र यहाँका सबै सामुदायिक विद्यालयको भौतिक संरचनाको सुधार, शिक्षकलाई तालीमको व्यवस्था र अग्रेजी माध्यमबाट पढाइसञ्चालन गरेर नमूनाको विद्यालय बनाउने नगरपालिकाले निर्णय गरेको छ ।

संविधानले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सहितको अधिकार स्थानीय सरकारमा हुने व्यवस्था गरे पनि विद्यालय व्यवस्थापन समिति तथा शिक्षकका संघ संगठनले विरोध गर्दै आएका छन् ।

यसअघि पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले व्यवस्थापन समिति भंग गरेपछि उच्च अदालत पाटनमा परेको रिट उपर न्यायाधीश केशवराज जोशी र कृष्ण कमल अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने भनी गरेको निर्णयले अब विद्यालय व्यवस्थापन समिति भंग गरेर नयाँ गठन गर्न स्थानीय सरकारलाई सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com