ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मातृमृत्यु रोक्ने ‘म्याग्नेसियम सल्फेट’ खरिद नगर्दा समस्या


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार   ११ : १७   बजे

 

काठमाडौँ, २६ माघ ।  मातृ मृत्युको मुख्य कारण ‘इक्लामसिया’ रोक्न प्रमुख मानिएको ‘म्याग्नेसियम सल्फेट’ नामक औषधिको खरिद हुन नसक्दा अभाव भएको छ ।

परिवार स्वास्थ्य महाशाखाका आमा सुरक्षा कार्यक्रमकी कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेका अनुसार गर्भवती, सुत्केरी, सुत्केरीपछिको ४२ दिनसम्मको समयमा काँप्ने, मुर्छा पर्ने समस्या हुँदा यो औषधि आवश्यक पर्छ । यी समस्याबाट हुने मुत्यु रोक्न लगाइने भ्याक्सिन ‘म्याग्नेसियम सल्फेट’ र सुत्केरी पछि अत्यधिक रक्तश्राव रोक्न आवश्यक पर्ने ‘अक्सिटोसिन’ औषधि स्थानीय पालिकाले खरिद नगर्दा समस्या भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यको बजेट नगरपालिका र गाउँपालिकामा नै गएकाले त्यहीँबाट स्वास्थ्य संस्थाले समयमा भुक्तानी नदिँदा औषधि खरिद हुन नसकी समस्या भएको छ, पहिलेको मौज्दात औषधि पनि सकियो, त्यसले मातृ मृत्यु बढाउने खतरा बढाएको    छ ।”

यी औषधि हरेक स्वास्थ्य संस्थामा हुनैपर्ने काफ्लेको भनाइ छ । उहाँले कुनै स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि अस्पतालमा रिफर गर्नुपर्नेमा पनि पहिलो डोज ‘म्याग्नेसियम सल्फेट’ दिएर मात्रै पठाउनुपर्ने बताउनुभयो ।

‘म्याग्नेसियम सल्फेट’ औषधिको मूल्य एकदम कम पर्ने र छिट्टै म्याद नाघ्ने भएपनि अभाव भएमा मातृमुत्यु हुने चिकित्सकको भनाइ छ । गर्भवतीलाई काम्ने समस्या भयो भने सास रोकिएर मृत्यु हुने भएकाले काम्न शुरु भयो भने पहिलो मात्रा १४ ग्राम ‘म्याग्नेसियम सल्फेट’ दिनै पर्ने काफ्लेले बताउनुभयो ।

नेपालमा मातृ मृत्युदर रोक्न करोडाँै लगानी गरिएपनि अपेक्षित रुपमा मृत्युदर रोक्न सकिएको छैन । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ ले पनि पछिल्लो सात वर्षको अवधिमा प्रतिएकलाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

यो तथ्यांक सार्वजनिक हुनुअघि मातृ मृत्युदर १ लाख जीवित जन्ममा २५८ थियो । मातृ मृत्युदरले गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको ४२ दिनभित्र मृत्यु भएका महिलालाई जनाउँछ । बुझ्नुपर्ने कुरा के छ भने यसमा दुर्घटना वा हिंसाका कारण यो माथिका अवस्थामा मृत्यु भएका महिलाको संख्या समावेश गरिएको छैन । यस्तो मृत्युलाई गर्भावस्थासँग सम्बन्धित मृत्युमा राखिएको परिवार स्वास्थ्यको भनाइ छ ।

सर्वेक्षणले गर्भावस्थासँग सम्बन्धित मृत्यु एकलाख जीवित जन्ममा अहिले २३९ भएको देखाएको छ । सन् २००६ को सर्वेक्षणमा यो संख्या २८१ थियो भने सन् १९९६ को सर्भेक्षणमा यो संख्या ५४३ थियो ।

कम्युनिटी नर्सिङ अधिकृत केशु काफ्लेले अपेक्षितरुपमा मातृ मृत्युदर नघट्नुका कारणबारे अझै विश्लेषण आवश्यक भएको बताउँदै अबको मुख्य जिम्मेवारी स्थानीय पालिकाको भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मातृ मृत्युदर रोक्न अत्यावश्यक औषधि खरिद गर्न समयमै बजेट विनियोजन गर्नुपर्ने उहाँहरुको जिम्मेवारी हो, अहिले धेरै स्वास्थ्य संस्थामा यी औषधि सकिएको, खरिदका लागि बजेट नपाएको गुनासो बढेको छ, यो विषयमा स्थानीय निकायका प्रमुखको ध्यानाकर्षण हुन जरुरी छ ।”

औषधि खरिदमा अझै ढिला भएमा मातृ मृत्युदर अझै बढ्नसक्ने काफ्लेले चिन्ता व्यक्त गर्नुभयो । सुरक्षितरुपमा सुत्केरी हुनका लागि दक्ष प्रसूतिकर्मी भएका एक हजार ८०० वर्थिङ् सेन्टर छन् भने आठ हजारभन्दा बढी दक्ष प्रसूतिकर्मी भएको काफ्लेले जानकारी दिनुभयो ।

यी औषधि हरेक स्वास्थ्य संस्थाले स्वयं खरिद गर्दै आएका छन् । पहिले जिल्ला जनस्वास्थ्य कार्यालयले आमा सुरक्षा कार्यक्रममार्फत स्वास्थ्य संस्थाले खरिद गर्थे भने अहिले स्थानीय निकायमार्फत बजेट पाउने प्रावधानअनुरुप बजेट उपलब्ध नहुँदा समस्या भएको हो ।

आमा सुरक्षा कार्यक्रमले हरेक २५ श्ययाभन्दा कम श्यया भएका स्वास्थ्य संस्थालाई एउटा सामान्य सुत्केरी गराएबापत रु एक हजारका दरले रकम पाउने र त्यही रकमले आवश्यक औषधि खरिद गर्दै आएको छन् तर त्यही रकम स्थानीय निकायले भुक्तानी दिन नसक्दा औषधि किन्न नसकेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group