ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने


admin
माघ २५, २०७४ बिहीबार  ६ : २३ बजे

काठमाडौँ, २५ माघ । सरकारले निर्धारण गरेको पत्रकारको मासिक न्यूनतम पारिश्रमिकबारे पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ ।

सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा यहाँ आयोजित ‘सञ्चारगृह र श्रमजीवी पत्रकारसम्बन्धी समस्या र समाधान’ विषयक अन्तक्र्रियामा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा सञ्चार विज्ञले १९ हजार ५०० लाई समयसापेक्ष पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्यले सरकारले निर्धारण गरेको १९ हजार ५०० तलब खुलाइको नियुक्तिपत्र अनिवार्य गर्नुपर्छ भन्नुभयो ।

पछिल्लो पटक न्यूनतम पारिश्रमिक निर्धारण समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा विसं २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले रु १९ हजार ५०० नयाँ न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो ।

महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले सरकारले निर्धारण गरेकालाई कार्यान्वयन गर्दै समय सान्दर्भिक नयाँ पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गर्नुभयो ।

समितिले श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) पूर्ण कार्यान्वयन हुने राष्ट्रिय मिडियामा श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक विसं २०६६ मा सात हजार २०० र विसं २०६८ मा रु १० हजार ८०० तोकेको थियो । चार वर्षपछि समितिले न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० र एक हजार (सञ्चार खर्च) सिफारिश गरेको थियो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक गरेको अनुगमन प्रतिवेदनलाई हेर्ने हो ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक नपाउनेको संख्या अहिले पनि ३२ दशमलव ३ प्रतिशत छ ।

त्यसैगरी ऐनले तोकेको न्यूनतम पारिश्रमिक मात्र पाउने ३५ दशमलव ७ प्रतिशत छ भने तोकेभन्दा बढी पाउनेको संख्या ३२ प्रतिशत छ । कुल ७४ दशमलव २ प्रतिशत पत्रकारले मात्र नियुक्तिपत्र प्राप्त गरेका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पत्रकारको न्यूनतम पारिश्रमिक सरकारी सञ्चारमाध्यममा कार्यान्वयन भए पनि केही निजी सञ्चारमाध्यममा कार्यान्वयन हुन नसकेकाले यसका लागि पत्रकारिता क्षेत्रका अगुवा नै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले, डा महेन्द्र विष्ट र महासंघका महासचिव रमेश विष्टलगायतले न्यूनतम पारिश्रमिकलाई समयानुसार बढाउनुपर्नेमा जोड दिनुभयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्यूनतम पारिश्रमिक लागू गराउने र त्यसलाई समय सान्दर्भिक पुनरावलोकन गर्नेतर्फ समिति केन्द्रित भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

दाङमा रविलाई कुरिरहेका रास्वपा कार्यकर्ताले एमालेको झण्डा जलाए

चुनावी प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न मिल्ने गाडी प्रयोग गर्न नपाउने

निर्वाचन १३ दिन बाँकी : आयोगले दियो टिकटक बनाएर ५० हजार जित्ने अवसर

माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com