ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरव्याजी सुर्जमान पक्राउपछि गृहमन्त्री पिडितको घरमा


ABC NEWS

काठमाडौं १२ साउन । मिटरव्याजी तथा यौन शोषणको आरोपमा ललितपुरका सुर्जमान पक्राउ गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पिडित महिलालाई उनको घरमै पुगेर भेटेका छन् ।

पीडित महिलाको कुरा सुनेका गृहमन्त्रीले पीडितलाई हरहालतमा न्याय दिलाउने वाचा गरे। मिटरब्याजको पासोमा परेर घरजग्गा गुमाएकी सपनालाई मन्त्री श्रेष्ठले भने, ‘तपाईंको घरजग्गा फिर्ता गराउने र तपाईंमाथि भएको यौन शोषणविरुद्धको न्यायीक प्रक्रियामा हामी साथमा छौं। अपराधीलाई कुनै पनि मुल्यमा छोडिने छैन।’

मिटरब्याजी सुर्जमान मालीसँग सपनाले ०७६ मा ५ लाख रुपैयाँ लिएकी थिइन्। उनले २ लाख रुपैयाँ चुक्ता समेत गरिसकेकी थिइन्। ५ लाख रुपैयाँ ऋणलाई ६५ लाख ऋण लिएको नक्कली कागज बनाएर मिटरब्याजी सुर्जमान मालीले सपनाको घरजग्गा हत्याईंसकेका छन् । किर्ते कागजात गरि सपनाको जग्गा हड्पेर मिटर ब्याजी मालीले उनीमाथि एकल तथा सामूहिक बलात्कार गराएका थिए।

गृहमन्त्री श्रेष्ठले लतिलपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई फोन गरेर सपनाको मुद्वामा तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए। मन्त्री श्रेष्ठले भनें, ‘पीडितले न्याय पाउनुपर्छ। सबैभन्दा पहिला उहाँको गुमेको घर जग्गा फिर्ताको प्रक्रिया सुरु गर्छौं। त्यससँगै मीटर ब्याजको आडमा यौन शोषण गर्नेलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं।’

गृहमन्त्री श्रेष्ठलाई भेटेपछि मिटरब्याज पीडित सपनाले न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिइन। उनले भनिन्, ‘मैले न्याय पाउँछु होला भन्ने आशै मारिसकेकी थिएँ, तर अहिले गृहमन्त्रीलाई भेटेपछि न्यायको आशा पलाएको छ।’

यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा ललितपुरका सुर्जमान मिटरब्याजी पक्राउ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com