ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा ललितपुरका सुर्जमान मिटरब्याजी पक्राउ


ABC NEWS

काठमाडौँ १२ साउन । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन् ।

सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याज मात्रै ५० हजार तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेकी थिइन् ।

साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् । सुर्जमानले भने साँवा नकटाएर ब्याजमात्रै कटाए । त्यसमाथि सुर्जमानले ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे ।

उनले तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने बाध्यतामा पारेर सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साथै महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेको प्रहरीले जनाएको छ ।

सुर्जमानले जिल्ला अदालत ललितपुरमा नक्कली कागजात खडा गरेर ती पीडित महिला बस्दै आएको घर हडपेका थिए ।

पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि गृहमन्त्री श्रेष्ठले सुर्जमानलाई कानुनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए ।

अनुचित लेनदेन ९मिटरब्याज० को समस्या समाधान गर्न गठित आयोगले जिल्ला प्रशासन कार्यालयलाई साहु र ऋणीलाई छलफल गराएर लेनदेन मिलाउने अधिकार दिएको छ । घर फिर्ता गराउने र कानुन बमोजिमका अन्य कारबाहीहरु गर्दै जाने गृहमन्त्री श्रेष्ठले कान्तिपुरलाई बताए । ‘अनुसन्धान र कारबाही नसकिएसम्म छोडिने छैन, पीडित साँच्चिकै पीडामा परेको अनुसन्धानबाट आयो भने न्याय दिलाउनुतर्फ । हामी त्यसमै केन्द्रित हुन्छौं,’ श्रेष्ठले भने ।
यससम्वन्धी समाचार रिपोर्ट नेपाल रिडर्सडटकमले प्रकाशित गरेको थियो ।
पाँच लाख ऋण तिर्न नसक्दा ८० लाखको घरजग्गा कब्जा, पटक-पटक बलात्कार

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com