ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै


एबीसी न्यूज
माघ २२, २०७४ सोमबार   १ : ४३   बजे

धनगढी, २२ माघ । त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै हुनुहुन्छ ।

चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी केन्द्र)का १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश संसद्मा नेपाली काँग्रेसका १२ जना सांसद रहेका छन् । डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भरतबहादुर खड्का यसअघि २०७० सालमा दोस्रो संविधानसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फकी प्रदेशसभा सदस्य मालामती राना पनि यसअघि सांसद हुनुभएको थियो । प्रदेशसभाको आइतबार पहिलो बैठक सकिएपछि रासससँग कुराकानी गर्दै सांसद रानाले घरआँगनमै रहेको संसद् भवनमा सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

“अब प्रदेशका मुद्दाका विषयमा मात्रै हामी बढी केन्द्रित हुन पाउने भयौँ,” उहाँले भन्नुभयो– “अघिल्लो पटक संसद्मा मुलुककै लागि बढी केन्द्रित भइयो ।”

कञ्चनपुरबाट माओवादी केन्द्रबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद महेशप्रसाद जोशीले पहिलो पटक सहभागी हुँदा थप जिम्मेवारी बोध भएको बताउनुभयो । उहाँले आफ्नो प्रदेशसभामा नयाँ अनुभव भएको बताउनुभयो ।

काँग्रेसका तर्फबाट पहिलो पटक प्रदेश सांसद बन्नुभएका टेकबहादुर रैकाले विकासका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश नं ७ लाई अगाडि बढाउन साझा मुद्दा बनाउने विषयमा सबै एकमत रहेका उहाँको धारणा थियो ।

प्रदेशसभाकी समानुपातिक सदस्य पूर्णा जोशीले पहिलो पटक संसद्को अनुभव लिन पाउँदा गौरवको अनभूति भएको बताउनुभयो । “जनताको वास्तविक प्रतिनिधि हुने अवसर प्राप्त भएको छ,” उहाँले भन्नुभयो– “प्रदेशको स्वरुप परिर्वतन गर्ने जिम्मेवारी अब हाम्रै हो ।”

कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद तारालामा तामाङले प्रदेश नं ७ मा आफ्नो पार्टीमा विभिन्न जिम्मेवारी बहन गरिरहेका नेताले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका बताउनुभयो ।

प्रदेश नं ७ को पहिलो प्रदेशसभा बैठकमा परम्परागत थारु वेशभुषामा सजिएर आउनुभएकी सांसद चुनकुमारी चौधरी लेहँगा र चोलीमा बैठकमा सहभागी हुन आउनु भएको थियो । दुई दशकसम्म बुबा÷आमा कैलालीको श्रीपुरमा साहुको घरमा कमैया बसेको बताउँदै उहाँले आफू पनि डेढ दशकसम्म साहुकै घरमा बसेको बताउनुभयो ।

“बुबासँगै साहुको घरमा काममा खटिएँ, आज प्रदेशको सांसदसम्म भएँ,” उहाँले भन्नुभयो । एमालेबाट समानुपातिक सांसद हुनुभएकी चौधरीले प्रदेशको समग्र विकासका लागि आफू लागिपर्ने बताउनुभयो ।

पहिलो पटक प्रदेशसभा बैठक धनगढीस्थित प्रदेशसभा भवनमा बस्दै गर्दा बाहिर सर्वसाधारण निकै उत्साहित देखिन्थे । संसद् बैठक नियाल्दै गरेका धनगढीका स्थानीयवासी नेत्रराज ओझाले घरआगँनमै संसद् आइपुगेको आभाष भएको बताउनुभयो । “राज्य पुनःसंरचनाले सबैमा उत्साह ल्याएको छ,” उहाँले भन्नुभयो ।

प्रदेश नं ७ को पहिलो बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाह र सांसद कर्णबहादुर मल्ल नाताले सासू ज्वाइँ हुन् । शाह काँग्रेसका तर्फबाट कैलालीबाट समानुपातिक तथा मल्ल डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ ।

सात नं प्रदेशका नौवटा जिल्लामध्ये प्रत्यक्ष र समानुपातिक गरी सबैभन्दा बढी कैलालीबाट १७ जना प्रदेशसभा सांसद रहनुभएको छ । कञ्चनपुरबाट आठ, अछामबाट सात तथा डोटी, डडेल्धुरा, बझाङ र दार्चुलाबाट चार÷चार, बैतडीबाट तीन र बाजुराबाट दुईजना सांसदको प्रतिनिधित्व रहेको छ । बाजुराका दुवैजना प्रत्यक्षतर्फका सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्रीको ‘आत्मघाती’ अभिव्यक्ति : नेपालले भारतको जग्गा मिच्यो भन्ने झुट संसद् रेकर्डबाट हटाउन माग

प्रधानमन्त्री बालेनको गम्भीर कूटनीतिक भुल : ‘नेपालले भारतको जग्गा मिचेको छैन’- पूर्वराजदूत आचार्य

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

Prime Minister Balen Shah Accused of Lying in Parliament : Strong Opposition Outrage

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group