ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वराजको भ्रमणले पञ्चेश्वर परियोजना अगाडि बढाउन सघाउ पुग्ने


admin
माघ १९, २०७४ शुक्रबार  ५ : ४९ बजे

काठमाडौँ, १९ माघ ।  परराष्ट्रविद्हरुले भारतीय बाह्यमामिलामन्त्री सुषमा स्वराजको नेपाल भ्रमणबाट नेपाल–भारतबीचको शदियौँ पुरानो सम्बन्ध थप सुमधुर तथा प्रगाढ हुने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले आर्थिक समृद्धिको बाटामा अगाडि बढ्न लागेको नेपालले भारतबाट सहयोग खोज्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा (एमाले)का नेता डा राजन भट्टराईले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण मूलरुपमा शिष्टाचार भए पनि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनुभएका स्वराजसँग नेपाल भारतबीचको सुमधुर सम्बन्धबारेमा नेताहरुबीच विचारविमर्श भएको उल्लेख गर्नुभयो ।

नेपाल राजनीतिक स्थिरतापछि आर्थिक विकास र समृद्धिमै केन्द्रित छ भन्दै उहाँले भारतको आर्थिक सहयोग लिएर त्यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले नेपालको व्यापारको ठूलो हिस्सा भारतसँग भएकालेसम्बन्ध प्रगाढ बनाउन नेपालले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

ठूलो व्यापार घाटा भएको नेपालको विकासका लागि जलस्रोतको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले वषौँदेखि थन्किएको पञ्चेश्वर परियोजना अगाडि बढाउन भारतीय विदेशमन्त्रीको भ्रमणले सघाउ पुग्ने बताउनुभयो । भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले अहिले बनिरहेको राम्रो वातावरणबीच नै नेपाल भारत सम्बन्धलाई प्रगाढ पार्ने तथा विकासतर्फ अघि बढ्नुपर्ने औँल्याउनुभयो ।

क्लबमै आयोजित अर्को साक्षात्कारमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्षमणलाल कर्णले केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने विचार पार्टीले तत्काल नबनाएको स्पष्ट पार्नुभयो ।

उहाँले मधेशी, आदिवासी, थारु आदिको अधिकार दिन एमाले प्रष्ट नभएसम्म उसको नेतृत्वको सरकारमा जाने वातावरण नबन्ने बताउँदै भन्नुभयो, “मधेशी जनताको अपेक्षा र आकांक्षाअनुसार तिनको अधिकारको पक्षमा संविधान संशोधन हुनुपर्छ ।” उहाँले नेपाल र भारत का हजारौँ छोरीबेटी भारत र नेपालमा बिहेवारी गरेर बसेकाले दुई मुलुकबीच खुला सिमाना कायम हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवन–२ मा उम्मेदवार मिना खरेल: “जनताको उत्साह र सहभागिता सकारात्मक संकेत” (भिडियोसहित)

पश्चिम नवलपरासी–२ मा भरत थापाको दाबी : “नीति सुधार बिना विकास सम्भव छैन, गगन थापा प्रधानमन्त्री बनाउने लक्ष्य”

चितवन–३ मा एमालेको एक्लै प्रतिस्पर्धा : ‘अब आफ्नै जनमत मापन गर्ने बेला’ (भिडियो सहित)

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com