ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्राथमिकता सत्ता होइन : महासचिव पोखरेल


एबीसी / संवाददाता
बैशाख २३, २०८० शनिबार  ५ : ५६ बजे

काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे । “कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्‌बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन,” उनले भने ।

“वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन । मुलुकको समृद्धि र विकास हो”, उनले भने । उनले नेकपा कालमा ध्वस्त भएको पार्टीको सांगठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको जनाए ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा आन्तरिक द्वन्द्व, पदलोलुपता, अराजकता र अनुशासनहीनताका कारण पछिल्ला निर्वाचनमा कतिपय स्थानमा पार्टीका कुल पार्टी सदस्य सङ्ख्याभन्दा कम मत खसेका जस्ता घटनाका कारण नेता र कार्यकर्तालाई जनताको भुइँ तहमा सक्रिय तुल्याउन अभियान सञ्चालन गरिएको बताए । उनले पार्टीमा ९० प्रतिशत नेता कार्यकर्ता पेटी बुर्जुवा हुन पुगेकामा चिन्ता व्यक्त गर्दै मार्क्सवादको मार्गदर्शनअनुसार श्रमजीवी वर्गलाई मूल आधार बनाउनुपर्नेमा जोड दिए ।

विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले मातहतका चार विशेष जिल्ला कमिटीको समीक्षाका आधारमा प्रतिवेदन तयार गरी पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी दिए । एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २९ गते झापामा बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘इरानमा हुने नेपाली छिटो फर्किनू, जाने तयारी गरेकाले स्थगित गर्नू’

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com