ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ३ मा टुंगो लाग्यो मन्त्री कार्यालय र आवास


admin
माघ १६, २०७४ मंगलबार  ६ : ३७ बजे

हेटौँडा, १६ माघ। प्रदेश नं ३ को पहिलो प्रदेशसभा बैठक तयारीको काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव चतुर्भुज ज्ञवालीका अनुसार बैठक कक्षमा रंगरोगनदेखि मुख्यमन्त्री तथा अन्य कार्यालय तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको हो । माघ १८ गते प्रदेश सभा बैठक तोकिएसँगै व्यवस्थापनमा जुटेका कर्मचारीले तयारीको कार्यलाई तीव्र गति दिएका थिए ।

पहिलो प्रदेश सभा बैठकका लागि माघ ७ गते प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेको संसद् सचिवालयको सभाहललाई व्यवस्थित बनाउनेदेखि अन्य सिङ्गारपटारका काम अहिले अन्तिम चरणमा भइरहेको छ ।

प्रदेश प्रमुखको कार्यालयका सचिव ज्ञवालीले भन्नुभयो, “११० जना माननीयलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम लगभग सकिएको छ ।” उहाँले थप्नुभयो, “रंगरोगनदेखि कार्पेट राख्ने, पर्दा फेर्ने सकिएको छ भोलिसम्मका लागि रोस्टम बनाउनेलगायत काम गर्दैछौँ ।”

माघ ७ गते शपथ खुवाउँदा सभाकक्ष व्यवस्थित नभएकाले तस्बीर खिच्नसमेत कठिनाइ भएको सचिव ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार साँघुरो सभाहल र छोटो तयारीमा भएको शपथग्रहणमा सांसदलाई बस्न असजिलो भएको थियो । यसपटक उक्त कक्षको स्वरुप नै परिवर्तन हुने उहाँले जानकारी दिनुभयो ।

अब निरन्तर संसद् सभाहलमा सभा भइरहने भएकाले यसलाई व्यवस्थित गर्ने काम शुरु भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका प्रमुख सुदीप आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “तर संसद् सचिवालयबाट अनुभवी जनशक्ति आई नपुगेकाले कसरी काम गर्ने भन्ने अन्योल छ ।”

त्यसैगरी प्रदेशस्तरीय कार्यालय रहने भएपछि केही सरकारी कार्यालय भाडाको घरमा सार्नुपर्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको छ ।

प्रदेशस्तरीय मन्त्रालय राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्री, सचिवलगायत कर्मचारी रहने निवासको पनि खोजी थालिएको जनाइएको छ । मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनमा रहने भएको छ । अख्तियार भने आफ्नै नयाँ भवनमा सर्नेछ ।

सभामुख र उपसभामुख सडक डिभिजन कार्यालयको कम्प्लेक्समा रहने प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिनुभयो । प्रदेशका सबै मन्त्रीको सामूहिक निवास भने हेटौँडा सिमेन्ट उद्योगको क्वार्टरमा हुने उहाँले बताउनुभयो ।

मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालयको निवासमा हुने भएको छ । तत्काल रहने सात मन्त्रालयका सचिवको सामूहिक निवास भने डिभिजन सडक कार्यालयको कम्प्लेक्समा रहने प्रजिअ बुढाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पश्चिम रुकुममा रोचक भिडन्त : ‘पार्टीले जितेको क्षेत्र’ कि ‘व्यक्तिको प्रभाव’ ? (भिडियो सहित)

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

कांग्रेसको २०० पृष्ठ लामो प्रतिबद्धतापत्र: ‘कोखदेखि शोकसम्म’ को एकीकृत अवधारणा(पूर्णपाठ)

रविमाथि सहकारी ठगी मुद्दाका‘ प्रमाण खै?’ भन्ने प्रश्नमा गगनको जवाफ: ‘मैले भनेको होइन, अदालतले भनेको हो— सर्वोच्च र जिल्ला अदालतका आदेश पढ्नुहोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com