ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपाको विधान मस्यौदा तयार


एबीसी / संवाददाता
चैत्र २, २०७९ बिहीबार   ७ : २७   बजे

काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो विधान मस्यौदा तयार गरेको छ । गत पुस १८ र १९ गते बसेको जसपाको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सोही अधिवेशनका लागि विधान तयार गर्न पार्टीले अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा मस्यौदा समिति बनाएको थियो । समितिले विभिन्न सरोकारवालासँग छलफल गरेर मस्यौदा तयार गरेको जसपाका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले बताए ।

उनले भने, “समितिको बैठक बसेर पार्टीका मातहत निकायलाई मस्यौदा पठाइएको छ, मस्यौदामाथि अध्ययन, छलफल र विश्लेषण गरी यही चैत १५ गतेसम्म आवश्यक सुझाव पठाउनका लागि हामीले निर्देशन दिएका छौँ ।”

मस्यौदा केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समिति, केन्द्रीय समिति, संघीय परिषद्, प्रदेश समिति, विशेष प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र जिल्ला समन्वय समितिका सदस्यका साथसाथै जनवर्गीय संगठनका सदस्यलाई समेत आवश्यक सुझावका लागि पठाइएको कार्यकारिणी समिति सदस्य थापाले जानकारी दिए ।

जसपाले विधानको प्रारम्भिक मस्यौदामाथि अध्ययन, अन्तरक्रिया र छलफल गर्न सातवटै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गर्नसमेत निर्देशन दिएको बताइएको छ । विधान मस्यौदासम्बन्धी सुझाव संकलन गर्न आयोजना गरिने प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा मस्यौदा समितिका तर्फबाट सहभागी हुनका लागि नेताहरूको जिम्मेवारीसमेत तोकिएको छ ।

कोसी प्रदेशका लागि कार्यकारिणी सदस्य रकम चेम्जोङ, मधेस प्रदेशका लागि कार्यकारिणी सदस्य लालबाबु राउत, लुम्बिनी प्रदेशका लागि राजनीतिक समितिका सदस्य भगवती सुवेदी, गण्डकी प्रदेशका लागि कार्यकारिणी सदस्य शिवलाल थापा रहेका छन् ।

यसैगरी बागमती प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपक राई, सुदूरपश्चिम प्रदेशका लागि मस्यौदा समितिका सदस्य दीपेन्द्र झा र जनवर्गीय, बौद्धिक पेसाकर्मी, विज्ञलगायतसँग छलफल गर्न कार्यकारिणी सदस्य सुशीला श्रेष्ठलाई जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ब्राजिलको जितको सपना अन्तिम समयमा रोकियो, मोरक्कोसँग १–१ को रोमाञ्चक बराबरी

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group