ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज


एबीसी / संवाददाता
माघ २९, २०७९ आईतबार  ८ : २६ बजे

दाङ, २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ आज हुने भएको छ । प्रदेश राजधानी दाङमा आज दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय लुम्बिनीका प्रवक्ता ऋषिराम पन्थीद्वारा जारी विज्ञप्तिमा गिरीसहित १० सदस्यीय मन्त्रीमण्डल विस्तार गरिएको जानकारी गराइएको छ ।

नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, नेकपा (एमाले)का चेतनारायण आचार्य खानेपानी, ग्रामिण तथा सहरी विकासमन्त्री, माओवादी केन्द्रका इन्द्रजित थारू भौतिक पूर्वाधार विकासमन्त्री, एमालेका विष्णुप्रसाद पन्थी स्वास्थ्यमन्त्री, माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री नियुक्त भएका छन् ।

केसीले शनिबार दिउँसो बिनाविभागीय मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

यस्तै, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरणमन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रदेव गुप्ता सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com