ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१० ठाउँमा घुस खुवाउनुपर्ने व्यवस्था अन्त्य गर्छौँ : पर्यटनमन्त्री किराती


एबीसी / संवाददाता
माघ २८, २०७९ शनिबार   ६ : २५   बजे

काठमाडौँ, २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो अन्य घुस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् ।

शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् । उनले मन्त्रीलाई पैसा बुझाउनु पर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँघ घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।

मन्त्री किरातीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस लिने गरेकाले निलम्बन गरेको बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्नेकुरा स्पष्ट पार्नुपर्ने बताए । उनले आफूले कसैको पनि एकपैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए ।

उनले मन्त्री विा जिम्मेवार निकायले कुर्सीमा बसेर देशलाई धोका दिन नहुने बताए । मन्त्री किरातीले घुसा खानका लागि मन्त्री हुन आए उसलाई जनताले सजाय दिने जानकारी दिए । उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए ।

उनले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए । उनले सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने उनको भनाइ थियो ।

यस्तै, पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको पनि उनले बताए । प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको पनि मन्त्री किरातीले बताए ।

उनले भने, “पर्यटन व्यवसायीहरू समस्यामा छन् । पर्यटन व्यवसायीहरू ऋणको पासोमा छन् । उनीहरूको पीडा राज्यले नसुनिदिएको र राज्यले केही नगरेको जस्तो अन्योलता कसरी हुँदै छ ? अहिले सानो दियो क्षितिजमा बलेको छ । पर्यटन मन्त्रालयले एकीकृत कार्ययोजना प्रधानमन्त्रीलाई बुझाएको छ । प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना बन्दै छ । १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छौँ । सुशासन विधिको शासनभन्दा बाहिर हामी चल्दैनौँ । चल्ने छुट पनि हामीलाई छैन । पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र नै हो । पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई कतिको सहज र असहज मलाई लाग्ट सहज मान्नुभएको छैन ।”

मन्त्री किरातीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए । साथै मन्त्री किरातीले कर्मचारीलाई हेरफेर गरेर आतंकित मच्चाउने पक्षमा नभएको भन्दै कर्मचारीको कार्ययोजना अनुसार काम आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

बैशाखमा हुने सिरीजंघा पर्यटन महोत्सवको लोगो र प्रोमो सार्वजानिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group