दमौली । तनहुँ २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार किरण गुरुङलाई ४५१ मतले पछि पार्दै भण्डारीले अग्रता कायम राखेका हुन् ।
कूल तीन हजार ६४१ मत गणना हुँदा भण्डारीले एक हजार ५९५ मत ल्याएका छन् भने गुरुङले एक हजार १४४ मत पाएका छन् ।
त्यस्तै, राष्टिय स्वतन्त्र पार्टीका विजय जोशीले ४२४, राप्रपाका नरेन्द्रप्रताप महतले १३७ मत पाएका छन् । मतगणना जारी छ ।


















प्रतिक्रिया दिनुहोस्