मुग्लिन । पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ ।
केही समयअघिदेखि सो सडकखण्ड सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी खोलामा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।
बुधबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
यस्तै नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ को तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजेको समयमा खसेको पहिरो बिहान ११ः५० बजे पन्छाइएको हो । रातिदेखि अवरुद्ध सडकमा सवारी साधनको लामो लाइन छ ।

















