ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रत्ननगर अस्पताल : दुई वर्षमै आमूल परिवर्तन


एबीसी / संवाददाता

काठमाडौं ।  निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण यहाँको एक अस्पतालले दिएको छ । पूर्वी चितवनस्थित बकुलहर रत्ननगर अस्पतालले दुई वर्षमा आमूल परिवर्तन गरेको छ । चार नगरपालिकाका बासिन्दा यो अस्पतालबाट प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली छ । अस्पतालको सुधारमा योगदान पु¥याउनु भएका मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले राजधानी बाहिरका प्रदेशस्तरको अस्पतालको तुलनामा अग्रणी अस्पतालको रुपमा अघि बढ्न यो अस्पताल सफल भएको बताउनुहुन्छ । दैनिक २५० हाराहारी बिरामी स्वास्थ्य बीमाको रिफरका लागि आउने गरेकामा अहिले यो सङ्ख्या ६५० हाराहारी पुगेको छ । त्यसो त अहिले आउने बिरामी रिफरका लागि नभएर उपचारकै लागि आउने गरेका हुन् ।

पूर्वी क्षेत्रमा स्वास्थ्य बीमाको प्रथम बिन्दु सो अस्पताल भएकाले उपचार नपाए पनि रिफरका लागि त्यहाँ बिरामी जाने गरेकामा अहिले त्यही उपचार हुन थालेको उहाँ बताउनुहुन्छ । विसं २०२४ मा हेल्थपोष्टका रुपमा स्थापित उक्त अस्पताललाई स्वास्थ्य मन्त्रालयले विसं २०६४ मा १५ शय्याको अस्पताल बनाउन स्वीकृत दिएको थियो । सङ्घीयतासँगै प्रदेशस्तरीय अस्पताल बनेको उक्त अस्पताल अहिले रत्ननगर नगरपालिका मातहत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय ५० शय्या स्वीकृत भएकामा ४३ शय्या सञ्चालन हुँदै आएको छ । निकट भविष्यमा नै १०० शय्या पु¥याउने तयारी गरिएको मेडिकल सुपरिटेण्डेण्ट डा बगालेको भनाइ छ ।

अस्पतालमा पाँच शय्याको डायलासिस सेन्टर छ । यसको व्यवस्थापन राष्ट्रिय मिर्गौला केन्द्रले गर्दै आएको छ । यसैगरी स्वीजरल्याण्ड निवासी डा रुथको संयोजकत्वमा छालासम्बन्धी उपचार पनि हुँदै आएको छ । शान्ति मेड नामक सो संस्थाले १५ विशेषज्ञ चिकित्सकसहित कर्मचारीको पारिश्रमिक भुक्तानी गर्दै आएको छ । यो संस्था डा रुथको हो । उहाँको चिकित्सक समूहसँग छालाको उपचारका लागि चितवन र छिमेकी जिल्लाबाट पनि आउने गर्दथे । पछिल्लो समय बहिरङ्ग सेवाका भवन निर्माण भएकाले अस्पतालको सेवा विस्तार पनि गरिएको छ । यहाँ हाल मानसिक रोगबाहेकका अधिकांश विभाग सञ्चालनमा छन् । अस्पतालमा केही समयपछि पाँच–पाँच शय्याका बाल सघन उपचार कक्ष, एक महिनादेखि १४ वर्षसम्मका लागि पिआइसियु र सघन उपचार कक्ष सञ्चालनमा ल्याउन लागिएको छ ।

अस्पतालमा दैनिक चार÷पाँच जनाको शल्यक्रिया हुँदै आएको छ । चौबीसैँ घण्टा फार्मेसी, प्रयोगशाला, चिकित्सकसहित आकस्मिक सेवा सञ्चालन भएकाले बिरामी लाभान्वित भएका छन् । अस्पतालमा नयाँ शल्यक्रिया कक्ष र १० शय्याको पोष्टअप निर्माण पनि अन्तिम चरणमा पुगेको छ । अस्पतालमा दैनिक ५० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको छ । पीसीआर गर्ने उपकरण पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
अस्पतालको आफ्नै फार्मेसीमा ६०० भन्दा बढी प्रकारका औषधि रहेकाले बिरामीका लागि मागअनुसारको औषधि उपलब्ध गराउन सकिने मेडिकल सुपरिटेण्डेण्ट डा बगाले बताउनुहुन्छ । पच्चिस चिकित्सकसहित १२५ स्वास्थयकर्मी तथा कर्मचारीमध्ये १४ विशेषज्ञ चिकित्सक छन् ।

बिरामीको चाप र भीडभाड हुन नदिन बिहान ८ बजेदेखि टिकट काटने र ९ बजेदेखि परीक्षण गर्ने गरिएको छ । कोभिडका समयमा समेत कहिल्यै पनि बहिरङ्ग सेवा बन्द नगरिएको अस्पतालले जनाएको छ । पछिल्लो समय सेवा विस्तारसँगै अस्पतालमा आम्दानी पनि बढेका कारण अस्पतालकै आम्दानीबाट सेवा बढाउँदै लगिएको उहाँ बताउनुहुन्छ । अस्पतालको मुख्य आम्दानी बीमा भएकाले मासिकरुपमा रु ६० लाखभन्दा बढी बीमा दाबी गर्ने गरिएको छ । मासिक खर्च रु २५ लाख हाराहारी छ । वचत रकम अस्पताल विस्तारमा खर्च हुँदै आएको मेडिकल सुपरिटेण्डेण्ट डा बगाले उल्लेख गर्नुहुन्छ ।

प्रदेश सरकारको सैद्धान्तिक सहमति भए पनि हालसम्म खासै सहयोग भने अस्पतालले पाउन सकेको छैन । साङ्गनिक संरचना निर्धारण गरेर प्रदेश सरकारले बजेट दिएमा नमूना अस्पताल बनाउन सकिनेमा उहाँ जोड दिनुहुन्छ । रत्ननगर नगरपालिका प्रमुख नारायण वन अस्पताललाई स्तरीय बनाउन नगरपालिकाले काम गर्दै आएको बताउनुहुन्छ । “भवनको तला थप, कम्पाउण्डवाललगायत भौतिक संरचनासँगै नौस्वास्थ्यकर्मी कर्मचारीको तलब नगरपालिकाले बेहोर्दै आएको र अस्पताल भित्रै मातृशिशु अस्पताल बन्दै गरेको छ,” उहाँ उहाँ भन्नुहुन्छ, “यो अस्पताललाई नेपालकै नमूना अस्पतालको रुपमा विकास गरेका छौँ । अस्पताल विस्तार गर्दै जाँदा जग्गा अभाव भएमा आवश्यक जग्गा उपलब्ध गराउन पनि छलफल भइरहेको छ ।”

अस्पताल विकास समितिका अध्यक्ष गोपाल कर्माचार्य हाल एक बिघा तीन कट्ठा मात्रै जग्गा रहेकामा विस्तारका लागि जग्गा खरिद समिति निर्माण गरेर पहल थालिएको बताउनुहुन्छ । सरकारी जग्गा पाएमा प्राप्ति र खरिद गर्नुपरेमा गर्ने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । रु १४ करोड ५० लाख खर्च गरेर अस्पतालको छुट्टै मातृशिशु अस्पताल बनाउन लागिएको उहाँ जानकारी दिनुहुन्छ । हाल यस अस्पतालमा मकवानपुरबाट समेत बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com