ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कटानको जोखिममा भिमाद बजार, स्थानीयवासी चिन्तित


एबीसी / संवाददाता

दमौली । तनहुँको भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् ।

भिमाद नगरपालिका–६ कुमारचोकका प्रकाश कलकलले नदी कटानले बस्ती जोखिममा परेपछि घर छाडेर डेरामा बस्नुपरेको गुनासो गर्नुभयो । वर्षौंदेखि बस्दै आएका घरमा होटल चलाउँदै आएका उहाँले पुख्र्यौली घर छाडेर डेरामा बस्दा मन भारी भएको बताउनुभयो । “नदी कटानले जोखिममा परेपछि लामो समयदेखि बस्दै आएको घर छाडेर डेरा सरे”, उहाँले भन्नुभयो, “बस्ती जोगाउनेतर्फ सम्बन्धित निकायले चासो दिएनन् ।”

घर छाडेर हिँड्न मन नभए पनि परिस्थितिले यस्तो अवस्था आइपरेको उहाँको भनाइ छ । “निष्ठुरी प्रकृतिले विपत्ति निम्त्यायो, नदीको कटानले घरको पछाडिपट्टिको भाग पहिरा खस्यो”, उहाँले भन्नुभयो, “शौचालय पनि भत्कियो ।” केही दिन अगाडि गएको पहिराले शौचालय भत्किएपछि त्यसको भोलिपल्टै उहाँ डेरा सर्नुभएको थियो । “जोखिम मोलेर घरमा बस्न मिल्ने अवस्था भएन, डेरामा बसेर पनि ज्यान त बचाउनैप¥यो”, उहाँले भन्नुभयो ।

बर्सेनि नदीको कटानले जोखिममा परेको ठाउँमा तटबन्धन भइदिएको भए आजको अवस्था नआउने उहाँको भनाइ छ । “पहिला तलबाट उठाएर तटबन्धन हुन्छ भने जस्तो गरिदिएको भए यो अवस्था आउँथेन, समयमै काम भएन”, उहाँले भन्नुभयो । केही दिन अगाडि परेको वर्षाका कारण कुमारचोकको करिब एक दर्जन घर पछाडि पहिरा खसेको छ । ती घरको पछाडि एक इञ्च जमिन बाँकी छैन । अरु तीन दर्जन घरको पनि सेती नदीतिरको डिल खस्दै गएपछि घरभन्दा बाहिर बाँकी जमिन छैन । तै पनि जोखिम मोलेरै दिनभर व्यापार व्यवसाय चलाइरहेका छन् । दिनभर व्यापार व्यवसाय गर्ने र राति बास बस्न भने अन्यत्रै जाने गरेको स्थानीय व्यवसायी माया हिराचनले बताउनुभयो ।

“पहिला घरको पछाडि तरकारी लगाउने ठाउँसमेत थियो । अहिले पहिरा खस्दाखस्दा शौचालय पनि छैन”, उहाँले भन्नुभयो, “दिउँसो चाँही यही व्यवसाय गरिरहेका छाँै, राति सुत्न सक्ने अवस्था छैन ।” दिउँसो पनि कुन बेला पहिरो खस्ने हो केही भर नभएको बताउँदै उहाँले बाध्यताका कारण जोखिम मोलेरै व्यवसाय गर्नुपरेको गुनासो गर्नुभयो । “लामो समयदेखि यही व्यापार गरेर बस्याँै, अन्यत्र कहाँ जानु,” उहाँले भन्नुभयो, “राति भने छिमेकीको घरमा बास बस्छौँ ।”

विसं २०५२ देखि यस ठाउँमा पहिराको जोखिम छ । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले अहिले ४१ घर जोखिममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा घरबाट सेतीको डिलसम्म १५ मिटरको दूरी थियो, तर अहिले एक इञ्च पनि दूरी छैन । “यसरी नै पहिरो खसिरहने हो भने नदीतर्फको मात्रै नभएर कुमार चोकको पूरै बस्ती जोखिममा पर्छ”, उहाँले भन्नुभयो ।

नदी कटान र पहिरो रोक्नलाई बर्सेनि वडा र नगरले बजेट विनियोजन गरिरहेको उहाँले दाबी गर्नुभयो । “सानो बजेट भएकाले उल्लेखनीय काम भने भएको छैन, नगरको बजेटले नपुग्ने, सङ्घ र प्रदेश सरकारले पर्याप्त बजेट नदिँदा प्रगति हुन सकेको छैन”, वडाध्यक्ष जोशीले भन्नुभयो । बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार गरिएको थियो तर काम भने सुरु हुन सकेको छैन । गत वर्ष प्रदेश सरकारले रु एक करोड र सङ्घीय सरकारले रु ३० लाख बजेट विनियोजन गरेको थियो । अहिले प्रदेश सरकारले रु ४० लाख मात्रै बजेट विनियोजन गरेको छ ।

नदी तटबन्धनको काम जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँअन्तर्गत रहेको छ । कार्यालयका अनुसार भिमाद कुमारचोक सेती नदी तटबन्धनका लागि रु १७ करोडमा डीपीआर तयार भएको छ । डीपीआर स्वीकृतका लागि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय पठाइएको कार्यालयकी प्रमुख दीपा गौतमले जानकारी दिनुभयो । “कार्यालयको समग्र बजेट रु १५/१६ करोडभन्दा हँुदैन, ठूलो रकमको योजना भएकाले मन्त्रालयमा विचाराधीन छ”, उहाँले भन्नुभयो । सङ्घीय रकारले बजेट विनियोजन गरेको खण्डमा तत्काल काम सुरु हुने उहाँले बताउनुभयो । सेती नदी तटबन्धनका लागि सङ्घीय सरकारले रु ३० लाख र प्रदेश सरकारबाट रु ४० लाख बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com