ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलाका प्रशासन कार्यालयमा नागरिकता लिनेको घुइँचो, यस्तो छ कारण


एबीसी / संवाददाता

रामपुर । इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ । तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।

त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएकोे छ । जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन् । रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन् । विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखको व्यवस्था नहँुदासम्म जिप्रकाले गत साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो । साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिनुभयो ।

सेवाग्राहीको भीड बढेकाले जिप्रकाबाट प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ । अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नु परेको छ । आउँदो भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन सङ्कलन भइसकेको कार्यालयले जनाएको छ । नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको पाइएको छ । टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताउनुभयो । “पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,” उहाँले भन्नुभयो ।

नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १,२,३,४,५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाती प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ । राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि नागरिकता बनाएका छन् । नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनु पर्दा समय लागेकाले कार्यालयमा दैनिक भिड हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com