काठमाडौं, १३ असार । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । आइतबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । ‘समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक राखिएको छ,’ तामाङले भन्नुभयो । एमालेमा स्थायी कमिटी १९ सदस्यीय छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविनै स्थायी कमिटी गठन गर्नुभएको छ । आजको बैठकमा पार्टी विधान महाधिवेशनबारे पनि छलफल हुनेछ।



















प्रतिक्रिया दिनुहोस्