काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । कोरोना महामारीका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । सभापति देउवाले आज दिउँसो ३ बजे आफ्नै निवासमा बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्ने सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।



















प्रतिक्रिया दिनुहोस्