ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्ति आतंकले रातभर जाग्राम


admin
पुस ६, २०७४ बिहीबार  १२ : १९ बजे

मोरङ, ६ पुस।  मोरङको उर्लाबारी, मिक्लाजुङ, सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा जंगली हात्तीले दुःख दिन थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन् ।

केही दिनयता हात्ती गाउँ पसेर वितण्डा मच्चाउन थालेपछि सो क्षेत्रका स्थानीय बासिन्दा आतंकित बनेका छन् । केहीदिनअघि मात्रै बस्तीमा पसेको हात्तीले घर भत्काइदिएपछि त्रासका साथ रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उर्लाबारी–१ का कृष्णप्रसाद पोख्रेलले बताउनुभयो ।

आहाराका लागि बस्ती पस्ने गरेको हात्तीले उर्लाबारी र मिक्लाजुङ क्षेत्रका बस्तीमा रातभर वितण्डा मच्चाउने गरेको छ । यस्तै जिल्लाकै सुन्दरहरैँचा नगरपालिका ५, ६, ७, ८, ९, १०, ११ र १२ र बेलबारी नगरपालिका १, २, ३, ४, ८, ९, १० र ११ का बासिन्दा हात्तीबाट सबैभन्दा बढी पीडित बनिरहेका छन् ।

यी क्षेत्रमा वर्षेनी हात्तीले घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने, बालीनाली नष्ट गर्ने, घरका खाद्यान्न खाइदिनेलगायतका वितण्डा मच्चाउँदै आएको स्थानीय बासिन्दाले बताएका छन् ।

झापातिरबाट केराबारीको जंगल हुँदै हात्ती आउने गरेको स्थानीयवासीको आशंका छ । तीनदिनयता सुन्दरहरैँचा नगरपालिका–७ का पूर्णकुमार दर्जी, विजय चापागाई, कृष्णप्रसाद भट्टराई र तुलसी सुवेदीको घरमा हात्तीले क्षति पु¥याएको छ । घरमा भएका सबै धान, चामललगायतका अन्न पनि खाइदिएको स्थानीयवासीले बताएका छन् ।

हात्तीले मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको पश्चिमतर्फको पर्खाल पनि भत्काइदिएकोे छ । केही दिनयता गाउँ पसेर हात्तीले उपद्रो मच्चाउन थालेपछि सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बासिन्दा रातभर नसुतीकन जाग्राम बस्न थालेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले हात्तीले वर्षेनी दुःख दिने गरेको गुनासो गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी क्षेत्रीय गुल्म स्थापनाको माग पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

कांग्रेसले जनकपुरबाट सार्वजनिक गर्‍यो प्रतिज्ञापत्र

रुकुमपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को घोषणा: “यो निर्वाचन तीन धाराबीचको जनमत संग्रह हो”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com