ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रतिकार्यका लागि कञ्चनपुरमा कार्यदल तयारी अवस्थामा


admin

कञ्चनपुर, २५ असार । बाढी प्रतिकार्यका लागि सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत गठन गरिएका कार्यदललाई कञ्चनपुरमा सतर्क अवस्थमा राखिएको छ ।

बाढीका बेला बचाउ र राहतका लागि समितिअन्तर्गत गठन भएका पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदललाई सर्तक अवस्थामा राखिएको हो । दोदा, सुनवोरा, स्याली, मछेली वनहरालगायत नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी आउन अगावै सुरक्षा दिन कार्यदलका सदस्य सचेत गर्ने कार्यमा जुटेका छन् ।

बाढीका कारण तटीय क्षेत्रका बासिन्दाको जीउधन, जग्गा कटानी र बालीनालीमा नोक्सानी हुँदै आएको छ । डुबानमा पर्न सक्ने र बाढीको उच्च जोखिममा पर्न सक्ने बासिन्दालाई सघाउ पु¥याउन कार्यदल गठन गरिएको हो । जिल्लामा गठन भएका १५ वटा समितिअन्तर्गत गठित पूर्वसूचना कार्यदलका तीन, खोज तथा उद्धार कार्यदलका पाँच र प्राथमिक उपचार कार्यदलका तीन जनालाई तालिम प्रदान गरी बाढीको जोखिम हुन सक्ने क्षेत्रमा तयारी अवस्थामा राखिएको छ । आपत्कालीन सञ्चालन केन्द्र र जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाको सम्पर्कमा रहेर कार्यदलका सदस्यहरुले कार्य गर्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताउनुभयो ।

परियोजनाअन्तर्गत कार्यदलका सदस्यलाई कृत्रिम नमुना अभ्याससँगै लाइफ जाकेट, स्टे«चर, डोरी, ट्युब, साइरन मेसिन, प्राथमिक उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो । “बाढी प्रभावित समुदायमा बाढी पूर्वतयारीका लागि क्षमता अभिवृद्धिका तालीम र आवश्यक सामग्री प्रदान गरी समुदायस्तरमा जनचेतना र पूर्वतयारीका लागि नमूनाका रुपमा कृत्रिम घटना अभ्यास गराएका छौँ” – अधिकृत घिमिरेले भन्नुभयो । अभ्यासबाट बाढीको समयमा कसरी सुरक्षित रहने, सूचना प्रवाह कसरी गर्ने, प्राथमिक उपचार कसरी गर्ने, आवश्यकीय सामग्रीको तयारी कसरी गर्ने, घाइते तथा बिरामीलाई कसरी सुरक्षित स्थानसम्म लैजाने जस्ता विषयमा प्रस्ट जानकारी गराइएको उहाँको भनाइ रहेको छ ।

कार्यदलले सुरक्षित बाटो र स्थानको पहिचान गरी जोखिममा रहेका व्यक्तिको विवरण नक्शाङ्कन र घरधुरी सर्वेक्षणबाट लिने कार्य पूरा गरेका छन् । समुदायमा विपद्को बेलामा प्रभावित व्यक्तिलाई तत्कालको राहत प्रदान गर्न खानेकुराका लािग समुदायमा आपत्कालीन कोष खडा गरिएका छन् । ठाउँ ठाउँ खानेपानीका लागि सुरक्षित धारा र सेफ हाउससमेत निर्माण गरिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com