ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा चेक जाँचमा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन


sharan sharan
मंसिर १४, २०७४ बिहीबार  ८ : २१ बजे

काठमाडौं, १४ मंसिर । वम विस्फोटमा म्यादी प्रहरीको मृत्यु हुनुका साथै उम्मेदवार घाइते भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाउने भएको छ ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चार वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । सुरक्षा व्यवस्था राम्रो छ भन्दाभन्दै निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।
बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले भने, ‘चुनावलाई असर पार्ने तथा विस्फोटका गतिविधिहरुलाई निस्तेजपार्न कडा कारबाही गर्ने निर्णय भएको छ ।’

 


उनका अनुसार अब शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिनेछ ।
मंगलबार प्रधानमन्त्री देउवाको चुनावी सभा नजिकै भएको बम विस्फोटमा घाइते भएका मध्ये म्यादी प्रहर विनोद चौधरीको उपचारका क्रममा निधन भएको छ ।
यस्तै बुधबार उदयपुरमा भएको बम विस्फोटमा कांग्रेस उम्मेदवार नारायण कार्कीसहित ७ जना घाइते भएका छन् । थुप्रै ठाउँमा उम्मेदवार लक्षित विस्फोट भएका छन् । सुरक्षा समितिले दाङ विस्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई १० लाख दिने निर्णय पनि गरेको छ ।
बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सट्टा बलदेव राज महत सहभागी थिए भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धानका दिलिप रेग्मी र सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठ सहभागी थिए । यता शुरक्षा निकायलाई निर्देशन दिएपनि जिल्ला जिल्लामा उम्मेदवारहरु माथि आक्रमण रोकिएको छैन विहिवार राति मात्र कैलालीमा वाम गठबन्धनका उम्मेदवारको गाडीमा आगजनी भएको छ । नचिनेका मानिसको समूहले बिहीबार बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को ( क ) बाट प्रदेशसभाका उम्मेदवार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

लम्की चुहा नगरपालिकामा रहेको थापाको घर पछाडि रहेको ग्यारेजमा राखिएको बा १६ च ६८९९ नम्बरको गाडीमा आगजनी भएको हो । त्यो गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिएको थियो ।

आगजनीमा संलग्नहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय लम्कीका इन्चार्ज नैन बहादुर साउदले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बच्चाहरू बचाउने नाममा अभिव्यक्ति स्वतन्त्रता मार्ने खतरा

पेन्टागनले इरानमा हप्तौं लामो स्थल अपरेसनको तयारी गरिरहेको छ : ट्रम्प प्रशासनको नयाँ चरणको खतरा

परीक्षा बोर्डमा कर्मचारी युनियन भंग

बालेन सरकारले खारेज गर्दैछ यी १५ असान्दर्भिक ऐन : राजस्व अनुसन्धान ऐनसहित ठूला कानुनमा सुधार

बालेनले बनाए सचिवालय टिम : पुराना विश्वासपात्र र अनुभवी प्रशासकलाई समेटे

एमाले कार्यकर्ता र प्रहरीबीच झडप, ९ जना नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com