ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसीको भिजिट २०२० एबीसी अर्थात् अन्नपूर्ण बेस क्याम्पबाट विशेष (भिडियो)


ABC NEWS

काठमाडौं । नेपालले सन् २०२० लाई भ्रमण वर्षंको रुपमा अघि सारेर सरकारको समृद्ध  नेपाल र सुखी नेपाली बनाउने नारालाई सार्थक बनाउने प्रमुख योजनाका रुपमा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको  छ।
भिजिट २०२० (ट्वान्टी—ट्वान्टी) को भव्य समारोहका बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको रंगशालामा उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको समृद्धिमा सघाउन नेपालको पर्यटन क्षेत्रले विेशेष महत्व राख्ने  बताउँदै नेपालमा रहेका कुटनीतिज्ञ मार्फत संसारभरिका नेपालीलाई माया गर्ने देशहरुलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभएको छ ।
त्यसो त पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईले यस वर्षमा २० लाख पर्यटक नेपाल भित्राउने योजना रहेो बताउँदै नेपालले आगामी एक दशकलाई नै भिजिट दशकका रुपमा अघि बढाउनु पर्ने बताउनुभएको छ ।
नेपालले संसारलाई बेच्न सक्ने सा¥है थोरै चीजहरु मध्ये विकल्पहीन तत्व पर्यटन नै हो । नेपालमा विश्वका १५ वटा ८ हजारभन्दा अग्ला हिमश्रृंखला मध्ये १० वटा हिम श्रृंखला नेपालमा मात्र पर्दछन् । यस्तो प्राकृतिक बरदान नेपालले मात्र पाएको छ । संसारको सबैभन्दा अग्लो हिम चुुचुरो सगरमाथा नेपालमा नै छ।
त्यतिमात्र होइन संसारको सबैभन्दा अग्लो स्थानमा रहेको ताल तिलिचो लेक पनि नेपालको मनाङ जिल्लामा नै रहेको छ ।
यस भन्दा केही समय पहिले हामीले तिलिचो लेकको बारेमा विस्तृ विवरण प्रसारण समेत गरिसकेका छौं । हामी सन् २०२० को विहानीमा नेपालका ८ हजारभन्दा अग्ला हिमश्रृंखला मध्येको एक र विश्वकै सवैभन्दा प्रसिद्ध ट्रेकिङ रुटबाट पुगिने स्थान अन्नपूर्ण बेस क्याम्प पुगेका थियौं । त्यस दिन काठमाडौंको मौसम अलिक धुमिल बनिरहेका बेला पोखरा र अन्नपूर्ण बेस क्याम्पको मौसम हामीलाई नै स्वागत गर्न तम्सेजसरी खुलेको थियो । अन्पूर्ण हिमालको उचाई ८०९१ मिटर छ भने अन्नपूर्ण बेस क्याम्पको उचाई ४१३० मिटरमा चारैतिर हिउँले ढाकिएको र विचित्र सुन्दरताले भरिपूर्ण खोंचमा रहेको छ ।
अन्नपूर्णको फेदमा रहेको बेस क्याम्पबाट पूर्वमा माछापुच्छ«े हिमालले पोखरा उपत्यकालाई छेकेको छ । बेस क्याम्पलाई अन्नपूर्ण, माछापुच्छ«े र हिमचुली ३ वटा हिमालले घेरेका छन् ।
अन्नपूर्ण बेस क्याम्को हिमालको दृश्यबाट आनन्द लिनका लागि जाने सिजन जनवरदेखि मे सम्म र सेप्टेम्वरदेखि डिसेरमबर सम्म हो । तर ट्रेकिङका लागि जनवरीदेखि मार्च पहिला हप्तासम्म अहिल बढी खतरापूर्ण मानिन्छ । पोखराबाट अन्नपूर्ण बेस क्याम्प सम्म पुग्न झण्डै दुई हप्ता लाग्दछ ।
ट्रेकिङबाट जाँदा पोखरा बाटा नयाँ पुलसम्म सडक यातायातबाट गएपछि ट्रेकिङ शुरु हुन्छ।  नयाँ पुलबाट तिखेढुङ्गा वा उल्लेरीमा हुँदै २७५० मिटरको घोरेपानी अर्को एउटा पर्यटकीय स्थल बन्दछ ।
ट्र्ेकिङबाट जाँदा सबैभन्दा आनन्ददायक स्थल हो पुन हिल । पुन हिलको उचाई ३२१० मिटर छ  । पुन हिलबाट अन्नपूर्णमाथि सूर्य उदाएको मनमोहक दृश्य हेर्न पाइन्छ । त्यसका लागि कतिपय पर्यटकहरु दुई दिनसम्म पनि त्यहाँ बस्ने गर्दछन् ।
त्यसछि विभिन्न स्थानको बसाई हुँदै अन्नपूर्ण बेस क्याम्प पुगिन्छ ।
तर समयको चापका कारण केही वर्षदेखि पोखराबाट अन्नपूर्ण बेस क्यामप जाने हेलिकप्टर सेवा समेत उपलव्ध रहेको छ  । पोखरबाट १५ मिनेटको उडानमा अन्नपूर्ण बेस क्याम्प पुगिन्छ । हवाई ट्रेकिङको मजा के हुन्छ भने हिउँ र हिमाल छोइला छोइएला  जसरी जान पाईन्छ ।
१ जनवरी २०२० दिन विहान हामी त्यहाँ पुग्दा झण्डै २० जनाजति विदेशी पर्यटक पुगिसेका थिए । उनीहरु हिउँसँग रमाएको, खेलिरहेको र कतिपय फोटो खिच्नमा व्यस्त रहेको भेटिएका थिए । ति सबै पर्यटकले भिभिट ट्वान्टी ट्वँन्टीको सेलेव्रेशन गरिरहेका थिए ।
विमानबाट पोखरा फर्किंदा त झन हेलिकप्ट हिमालमा ठोक्किएला ठोक्किएला जस्तो हुँदै हिमालय श्रृंखला पार गरेर पोखरा भ्याली प्रवेश गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com