ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारमाथि आक्रमण बढेपछि सुरक्षा व्यवस्था कडा


admin
कार्तिक २८, २०७४ मंगलबार  १ : ०२ बजे

चितवन, २८ कात्तिक । रोल्पा, रुकुमलगायत जिल्लामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारमाथि आक्रमणको प्रयास भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

चितवन–३ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेलगायत उम्मेदवार हुनुहुन्छ । चितवन क्षेत्र नं २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी तथा क्षेत्र नं १ बाट पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पनि उम्मेदवार हुनुहुन्छ । नेकपा(एमाले)का जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र नेपाली काँग्रेसका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ पनि उम्मेदवार हुनुहुन्छ ।

पूर्वमन्त्री, मन्त्री र पार्टीका अध्यक्ष नै उम्मेदवार भएपछि जिल्लाको सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सामान्य अवस्थामा रहेको चितवनमा पछिल्ला दिनमा सुरक्षा चुनौती थपिएको बताउनुभयो । उहाँका अनुसार पूर्वप्रधानमन्त्री, बहालवाला मन्त्री, राज्यमन्त्री र पूर्वमन्त्रीले पाउने सुरक्षा व्यवस्थाका अतिरिक्त थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लामा सुरक्षा चुनौती महसूस गरिएको छ भन्दै उहाँले पूर्वप्रधानमन्त्री दाहालको घरदैलो कार्यक्रमको समयपूर्व नै त्यस क्षेत्रको अध्ययन गरी सुरक्षा व्यवस्था मिलाउने गरिएको छ । भीडभाड बढी हुने र कुनै पनि किसिमको घुसपैठ हुन सक्ने भएकाले उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो । चुनाव प्रचारप्रसार कार्यक्रम जुध्न नदिनका लागि पूर्वतयारी गरिएको पनि छ ।

प्रजिअ नारायणप्रसाद भट्टले जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोगलगायत विषय चुनौतीका रुपमा देखापरेको बताउनुभयो । पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, भारतीय सीमा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जलगायत वन क्षेत्रलाई पनि सुरक्षा चुनौतीका रुपमा लिइएको जनाइएको छ ।

पहिलो चरण निर्वाचन सकेर अन्य जिल्लाबाट मानिस आउन सक्ने भएकाले त्यसका विषयमा पनि जिल्ला सुरक्षा समिति चनाखो रहेको छ । कहीँ कतै पनि सुरक्षा कमजोरी हुन नदिन आवश्यक सबै तयारी गरिएको प्रजिअ भट्टले बताउनुभयो ।

जिल्लाका होटल तथा रेस्टुराँमा आउने व्यक्तिको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड राख्ने गरिएको छ । जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र जिल्लाको प्रहरीको टोलीले सुष्म रुपमा अनुसन्धान गरिरहेको पनि उहाँले बताउनुभयो ।

भारतीय नं प्लेटका सवारीको निगरानी पनि गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरीको मोबाइल टोल, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिनुभयो ।

जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीच घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुनेछन् ।

जिल्लामा १६१ मतदानस्थल कायम गरिएको छ । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइएको छ ।

जिल्लाका ४०८ मतदान केन्द्रको सुरक्षाका लागि तीन हजार २९६ नेपाल प्रहरी परिचालन हुनेछन् । एउटा मतदानस्थलमा कम्तीमा १२ देखि ४९ जनासम्म नेपाल प्रहरी र आवश्यकतानुसार म्यादी प्रहरी परिचालन गरिने योजना छ । त्यसमा प्रहरीकै मोबाइल टोली, सशस्त्रको टोली र नेपाली सेनाको संयुक्त टोलीसमेत परिचालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

टी–२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग खेल्दै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com