ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुल्क फिर्ता गर्न मेडिकल कलेजले दिए प्रतिबद्धता(भिडियोसहित)


admin

काठमाडौं, १३ मंसिर । मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने प्रतिबद्धता गरेका छन् । मंसिर १० गते सरकार समक्ष उक्त प्रतिबद्धता गरेका हुन् । यद्यपी, विद्यार्थीहरुले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरिरहेका छन् भने सरकारले कार्यान्वयन नगर्ने मेडिकल कलेजलाई कारबाही गर्ने जनाएको छ ।

मेडिकल कलेज सञ्चालकले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोेजन गर्ने भएका छन । तर, चिकित्सा शिक्षाका विद्यार्थीहरुले भने सरकार र मेडिकल कलेजहरुबीच भएको सहमतिले विद्यार्थी आन्दोलन कमजोर बनाउने गरी भएको भन्दै सहमति मान्न अस्वीकार गरेका छन् । मंसिर १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज सञ्चालकबीच भएको छलफलमा अतिरिक्त शुल्क समायोेजन गर्ने सहमति भएको थियो । बिभिन्न ५ बँुदामा सहमति गरेका मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने प्रकृया मंसिर ११ गतेदेखि नै थालेका छन् ।

सहमति पत्रमा शैक्षिक सत्र २०७४/७५ र २०७५/०७६ मा सरकारले गरेको निर्णयअनुसार नै शुल्क समायोजन हुने उल्लेख छ । यस्तै, दोस्रो बुँदाको २०७२/०७३ र २०७३/०७४ को हकमा विश्वविद्यालयहरुको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन आयोगसमक्ष आग्रह गर्ने उल्लेख छ । यस्तै चालु शैक्षिक सत्र २०७६/७७ को हकमा चिकित्सा शिक्षा आयोगबाट निर्धारण गरिएको शुल्क लिई विश्वविद्यालयको अनुमतिमा भर्ना प्रक्रिया सुचारु गर्ने सहमति भएको छ । यस्तै दोस्रो बुँदाको अन्तिम सहमतिअनुसार आउँदो शैक्षिक सत्र र त्यसपछिका लागि वैज्ञानिक ढंगले शुल्क निर्धारणका लागि चिकित्सा शिक्षा अयोागबाट काम अघि बढाइनेछ ।

देशभरका विभिन्न मेडिकल कलेजका विद्यार्थीहरु मेडिकल कलेजको विकृति, विसंगती र ज्यादतीका विरुद्ध महिनौंदेखि आन्दोलन गरिरहेका थिए । मेडिकल कलेजहरुले विद्यार्थीसँग मनोमानी रुपमा रकम असुली गर्ने गरेको र विद्यार्थीले तिरेर पढ्न सक्ने अवस्था नरहेको भन्दै सरकारले तोकेकै रकममा पढ्न पाउनुपर्ने माग साथ आन्दोलन चर्केको थियो । सरकारले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तहमा उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार तथा बिडिएसमा १९ लाख रुपैयाँ शुल्क तोकेको छ । तर, कलेजहरुले विद्यार्थीसँग १० देखि ४० लाखसम्म बढी असुल्दै आएका छन् । सरकारले पटकपटक बढी लिएको शुल्क फिर्ता गर्न भनेपनि कलेज सञ्चालकले अटेरी गर्दै आएपछि उनीहरुलाई पक्रन समेत सरकारले तयारी गरेको थियो । यद्यपी मेडिकल कलेज सञ्चालकले शुल्क समायोजन गर्ने प्रतिवद्धता गरेका छन् ।

यसअघि पनि कतिपय कलेजमा रकम फिर्ता गराउने सहमति कलेज सञ्चालक र विद्यार्थी बसेर गरेको भएपनि विद्यार्थीले हालसम्म रकम फिर्ता पाएका छैनन् । चर्को रकम असुल्ने धन्दा मेडिकल कलेजले पनि छाडेको छैनन् । यो प्रतिवद्धता पनि कलेज सञ्चालकले पुरा गर्नेमा मेडिकलका विद्यार्थीहरु आशंकित छन् । सबै माग पुरा नगरेको र वार्तामा आन्दोलनरत विद्यार्थीको प्रतिनिधित्व नभएको भन्दै विद्यार्थीले असन्तुष्टि व्यक्त गरेका छन् । एमविविएस चार वर्षकै रकम फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा अन्र्तगतको ८ वटै संकायको रकम फिर्ता गर्नुपर्ने लगायतका विद्यार्थीको माग अझै पुरा नभएको भन्दै विद्यार्थीले ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी भने अब चिकित्सा शिक्षाको समस्या समाधान हुने बताउँछन् । प्रतिवद्धता कार्यान्वयन नगर्ने कलेजलाई कारबाही गर्ने उनको भनाइ छ ।

चिकित्सा शिक्षालाई सर्वसाधारणको पहुँचमा पुराउन सरकार जिम्मेवार बन्नुपर्छ भने मेडिकल कलेज सञ्चालनको नाउँमा ठगी धन्दा गर्ने कलेज सञ्चालकलाई कारबाही गरेर कानुनी दायरामा ल्याउनुपर्छ । कागजमा हस्ताक्षर गर्ने मात्रै होइन विद्यार्थीलाई रकम तुरुन्त फिर्ता गर्नुपर्छ । सरकारले तोकेकै शुल्कमा विद्यार्थीले पढ्न पाउनुपर्छ । सरकारले चिकित्सा शिक्षाका विद्यार्थीका अन्य सबै माग पुरा गर्न तर्फ ध्यान दिनुपर्छ र कलेजको नियमित अनुगमन, निरिक्षण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com