ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एचपीभी खोपले महिलाहरुको पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउछः एक रिपोर्ट


admin

काठमाडौं, २४ कार्तिक ।  नेपालमा वर्षेनी १० हजारको हाराहारीमा पाठेघरको मुखको क्यान्सरका बिरामीहरु थपिने गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गर्दै आएको विभिन्न कार्यक्रमहरु समुदायमा भने प्रभावकारी हुन सकेको छैन । पाठघरको क्यान्सरको नियन्त्रण गर्न केही समय अगाडि नेपालको २ जिल्लामा ९ देखि १३ वर्ष उमेर समुहका १४ हजार बालिकाहरुलाई ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाइएको भए पनि अहिले भने त्यसले निरन्तरता पाउन सकेको छैन ।
पाठेघरको क्यान्सरका कारण वर्षेनी २ लाख ७० हजार महिलाको अकालमा मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क रहेकोे छ । क्यान्सरका कारण मृत्यु हुनेमा ८५ प्रतिशत महिला नेपालजस्तो कम विकसित मुलुकका छन् । बाल स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेका अनुसार केही समय पहिले काभ्रेको बनेपा, चितवन र कास्की जिल्लाका ९ देखि १३ वर्षसम्मका बालिकाहरुलाई एचपीभी खोप लगाइएको थियो । उनका अनुसार ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड ईमुनाईजेसन गाभी नामक संस्थाको सहयोग र अष्ट्रेलियन राजदुतावासको आयोजनामा खोपको प्रारम्भिक अध्ययन र सफलताको मूल्याङ्कन गर्न १४ हजार बालिकाहरुमा खोप लगाइएको हो ।

किशोरी अवस्था सुरु भएस“गै पहिलो महिनावारी हुनुभन्दा १ महिना अगाडी एचपीभी खोप लगाईएमा पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । तर बजारमा यो खोपको मूल्य ८ देखि १० हजारसम्म पर्दछ । आम नागरिकमा भने एउटा खोपलाई नै दश हजार तिरेर लगाउने क्षमता निकै न्यून छ । घिमिरेका अनुसार वर्षेनी ३ अर्ब बराबरको भ्याक्सिन नेपाल सरकारले प्रयोग गर्दै आएको छ जसमा अधिकांश खर्च गाभी नामक संस्थाले नै बेहोर्ने गरेको छ । नेपालीहरुको प्रतिव्यक्ति आय १५ सय डलर पुगेको अवस्थामा यो सबै खर्च नेपाल सरकारले बेहोर्नुपर्नेछ । नेपाली समुदायमा अध्ययन, अनुसन्धान, प्राथमिकता र तथ्याङ्कको आधारमा एचपीभी खोपको प्रयोग र यसको निरन्तरताका लागि योजना तय हुने उनले जानकारी दिए । आउ“दो वर्ष या पछिल्लो केही वर्षमा नै यस खोपले निरन्तरता पाउने उनले बताए ।
विकसित मुलुकमा २५ रोगविरुद्ध खोप लगाईने वातावरण बनिसकेको छ । नेपालमा भने अहिलेसम्म ११ रोगविरुद्ध मात्र खोप लगाइने गरेको पाइन्छ । घिमिरेका अनुसार नेपाली समाजमा झाडापखला रोगकै राम्रोस“ग निदान हुन सकेको छैन । हाम्रो समुदायमा कुन–कुन रोगहरुको व्यापकता कस्तो छ ? र कस्तो–कस्तो उपचारको माग समुदायमा बढिरहेको छ, समुदायको मागको आधारमा एचपीभी खोपको पनि निरन्तरता दिने विषयमा नेपाल सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।
देशका ग्रामीण भेगमा सामान्य स्वास्थ्य सेवाको पहु“चसमेत छैन । भएका स्वास्थ्यचौकीहरुमा पनि दक्ष जनशक्ति, औषधि र पूर्वाधार अभाव छ । भएकाहरुमा जनताले सेवा लिन सक्ने अवस्था छैन । यस्तो अवस्थामा यस्ता गम्भीर प्रकृतिका रोग लाग्दा मर्नुको विकल्प छैन । त्यसैले यस्ता रोगहरुको उपचार र रोगथाममा राज्यले नै ठोस पहल गर्नु जरुरी छ।
क्

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com