ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागी उम्मेद्धवारद्धारा उम्मेदवारी फिर्ता


admin

काठमाण्डौं, २० काक्तिक । पार्टीले टिकट नदिएपछि असन्तुष्टि जनाउँदै पार्टीको उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा विषेश गरी वाम गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरु रहेका छन् । यसरी उम्मेदवारी फिर्ता लिनेमा कोमल वलीदेखि जगन्नाथ खतिवडासम्म रहेका छन् ।

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनितिक पार्टीका उम्मेदवारविरुद्ध त्यही पार्टीका असन्तुष्ट नेताहरुले बागी उम्मेदवारी दिएका थिए । पार्टीको निर्णयमाथि असन्तष्टी जनाउँदै दिइएको ती बागी उम्मेदवारीहरुमध्ये प्रायः फिर्ता गरिएको छ । बा“केमा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएकामध्ये ९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधीसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता कृष्णबहादुर कार्की तथा नेकपा माओवादी केन्द्रका नेता सबिर खाँ र सुरेशकुमार चौधरीले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि उदयपुर–२ मा उम्मेदवारी दिएका एमालेका नेता जगन्नाथ खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् । अब त्यहाँ वाम गठबन्धनको तर्फबाट माओवादीका हिमाल किराती मात्र उम्मेदवार भएका छन् । उदयपुर–२ मा एमालेबाट पोलिटब्यूरो सदस्य खतिवडा र माओवादीबाट किरातीले उम्मेदवारी दिएका थिए । दुबैलाई पार्टीले नै टिकट दिएका थिए । दाङ–३ मा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएकी कोमल वलीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छिन् । राप्रपा छाडेर हालै एमालेमा प्रवेश गरेकी ओलीले एमालेले पूर्व सहमतिअनुसार समानुपातिक सूचीमा नराखेको भन्दै दाङ ३ मा वाम गठवन्धनबाट एमालेका हिराचन्द्र केसीविरुद्ध उम्मेदवारी दिएकी थिइन् ।

सिन्धुली १ मा उम्मेद्वारी दिएका एमालेका रामकुमार कार्कीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनी सिन्धुली १ ख बाट सर्वसम्मतमा परेका थिए तर, पार्टीले प्रदीप कटुवाललाई सोही क्षेत्रमा उठाए पछि उनले प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । सिन्धुली ३ प्रतिनिधिसभामा माओवादी केन्द्रका हरिबोल गजुरेल माथी परेको माओवादी केन्द्रकै बागी उम्मेदवार नारायण पौडेलले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । नेपाली कांग्र्ेसमा पनि कैलाली ५ मा प्रधामन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवाविरुद्धका बागी उम्मेद्वार क्षितिज भण्डारीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । धेरै बागी उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिए पनि केही नेताविरुद्ध परेको बागी उम्मेद्वारी फिर्ता भएन । सप्तरीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा क्षेत्र नं. २ बाट दिएको उम्मेदवारी बिरुद्धमा राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता भएन । त्यसै गरी दैलेखका कांग्रेसका प्रभावशाली नेता तथा पूर्व राज्यमन्त्री गणेशबहादुर खड्काद्वारा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिपक शाही विरद्ध भएको बागी उम्मेद्वारी पनि फिर्ता भएन ।

राजनितिक पार्टीहरुले गरेको टिकट वितरणमा असन्तुष्ट जनाउँदै आ–आफ्नो योग्यता र पहुँच अनुसार विभिन्न राजनितिक पार्टीका नेता तथा कार्यकर्ताहरुले एकका विरुद्ध अर्कोले बागी उम्मेदवारी दिएका हुन् । देशमा हुने गरेको विभिन्न ऐतिहासिक निर्वाचनहरुमा गरिने विभिन्न तालमेल र बागी उम्मेदवारहरुको समस्यालाई समाधान गरेर निर्वाचन सफल बनाउनु पनि राजनितिक पार्टीहरुलाई चुनौती नै हुने गरेको छ । यद्धपि दोस्रो चरणमा हुने निर्वाचनका लागि बनेका राजनीतिक दलका आधिकारिक उम्मेदवाविरुद्धका धेरै बागी उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिइसकेका छन् । अबको लक्ष्य भनेको निर्वाचनलाई सफल बनाएर देशलाई स्थिर राजनीति र आर्थिक विकासतिर उन्मुख गर्नु नै सबै दलको उद्देश्य बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com