ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभावकारी बन्ला त बाम गठबन्धन ?


admin

काठमाण्डौं, २० काक्तिक । जसरी पनि निर्वाचन जित्न यतिबेला दलहरु जोसँग जस्तोसुकै सहकार्य गर्न पनि पछि हटेका छैनन । सहकार्यमा राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाली कांग्रेस र एमाले–माओवादीको बाम गठबन्धनदेखि कांग्रेसको लोकतान्त्रिक गठबन्धनसम्मको रोजाईमा परेका छन् । राप्रपाले औपचारिक रुपमा कांग्रेससँग चुनावी एकता कार्य गरेपनि केही नेताहरुले बामगठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गरेका छन । चुनावी स्वार्थको चङगुलमा राप्रपासँग कांग्रेस मात्र होइन एमाले पनि परेको छ । बाम गठबन्धनका कारण अत्तालिदै जो कोहीसंग पनि समिकरण गर्न पुगेको कांग्रेसको सिको गर्दै बाम गठबन्धनले पनि देशै भरी बिचार र सिद्धान्त नमिल्ने दलहरुसंग गठबन्धन बनाउन अग्रसर भएको रुपष्ट छ ।

झापा निर्वाचन क्ष्ँेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बामगठबन्धनको समर्थन पाएका राप्रपाका नेता राजेन्द्र लिङ्देलसँग भिड्दै छन् । सुरुका दिनमा लोकतान्त्रिक गठबन्धनको समर्थनमा लिङ्देलले प्रतिस्पर्धा गर्ने भनिएको भएपनि सिटौलाले उनलाई स्विकार गर्न सकेन्न ।

पछि उनै लिङ्देर बाम गठबन्धनको आर्शिबादबाट उम्मेदवारु बनेका छन् । लोकतान्त्रिक गठबन्धनबाट बाहिरने खतरामा पुगेको लिङ्देल पछि बामगठबन्धको सहयोगमा उम्मेदवारी हुत्याउँदा झापाका एमालेजन चकित परे । झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको बामगठबन्धलको विजयी सुनिश्चित बनाउन राप्रपासंग समिकरण गर्नु कति आवश्यक थियो त्यो झापाका एमालेलाई नै थाहा होला । तर पार्टीको निर्देशन मान्दै झापाका एमालेसहितका बाम गठबनधलले राप्रपाका लिङ्देलको पक्षमा प्रचारप्रसार र मत दिन बाध्य बनाइयो ।
उता राष्ट्रिय राजनीतिमा सधै दक्षिणी कित्तामा उभिएका नवलपरासीका हृदेयस त्रिपाठी, कपिलवस्तुका बृजेशकुमार गुप्ता र बाँकेका पशुपतिदयाल मिश्रलाई सुर्य चिन्ह प्रदान गरेसँगै बाम गठबन्धनका हजारौ कार्यकर्ता उनीहरुको पक्षमा निर्वाचनमा लाग्न बाध्य भएका छन् । त्रिपाठी मधेश आन्दोलनदेखि नै मधेशमा प्रभाव जमाउने मध्येका वैचारिक र निडर नेतृत्व हुन । पछिल्लो समय त्रिपाठी राष्ट्रिय जनता पार्टीको विचार, कार्यशैली र व्यवहारप्रति असन्तुष्टि भई बाहिरीएका थिए । गुप्तापनि मधेशमा प्रभावशाली नेतृत्व गरे मध्येका एक नेता हुन । उनले राजपाको कार्यशैलीप्रति असहमति जनाउँदै बामसँग सहकार्य गर्न बाध्य भएका छन् । यी नेता अहिले एमालेको सूर्य चुनाव चिन्ह् लिएर बामगठबन्धको साझा उम्मेदवारबाट प्रतिस्पर्धामा छन् । मिश्र भनेराप्रपाका प्रधावशाली नेता हुन अहिले बामसँगको सहकार्यमा छन् ।

एमाले–माओवादीले बाम गठबन्धन सार्वजनिक गरेकै दिन बाम गठबन्धन राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता रक्षा, परिवर्तनको संस्थागत बिकास, आर्थिक समृद्धीको लाइनमा लिंदै समाजबाद तर्फ मुलुकलाई डो¥याउने प्रतिबद्धता सार्वजनिक गरेको थियो । बामपन्थीहरुको गठबन्धनलाई बलियो बनाउंदै दीर्घकालीन रुपमा बाम ध्रुविकरणको वातावरण निर्माण गर्नेगरी अघि बढेको शक्ति हो ।
तर निर्वाचनपछि झापाका लिङ्देल, नवलपरासीका त्रिपाठी, कपिलवस्तुका गुप्ता र बाँकेका मिश्रसँगको चुनावी साठगाठले कसरी बाम ध्रुविकरण सम्भव होला त ?

नेपालमा बाम आन्दोलनले ७ दर्शक पार गर्ने लाग्दा पहिलोपटक बाम गठबन्धन केन्द्रीकृत हुन थालेका हुन । एउटै कम्यु्निष्टको झण्डा फहराएर दर्जनौ पार्टीहरु व्यक्तिगत स्वार्थमा सञ्चालित हुर्दै आएका छन् । मुलुकका जारी निर्वाचनमा धेरैपटक कम्युनिष्ट पार्टी र सिद्धान्त बोक्ने दलका नेतालाई मतदान गरेका मतदाता अहिले भने पार्टीको निर्देशन पालना भएमा परिवर्तनका विरोधीदेखि राजावादीसम्मलाई चुनावी गठबन्धकै नाममा मतदान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । कम्युनिष्ट पार्टी विचारधारका आम मतदातालाई भने ठुला बामशक्ति एक हुदाँ निकै उर्जा थपिदिएको छ । सक्कली बामपन्थीहरु अहिलेको सहकार्य मात्र क्षणिक निर्वाचनमा स्वार्थ पुरा गर्न नलागि मुलुकको निकास र स्थिर शासन व्यवस्थाको रुपान्तरणमा लाग्नुपर्ने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com