ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भैँंसी’ बारे सौराहामा अन्तर्राष्ट्रिय संगोष्ठी हुँँदै


admin

चितवन, १९ कात्तिक ।  भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुनेभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाको सहआयोजनामा सम्मेलन हुनलागेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

‘खाद्य एवं आर्थिक वृद्धिका लागि भैंँसी उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलनमा नेपालसहित ११ देशका वैज्ञानिक सहभागी हुनेभएका छन् ।

सम्मेलन मूलआयोजक समितिका अध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरका डिन प्राडा शारदा थपलियाले सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, इटाली, अमेरिका, बेलायत र क्यानडाका वैज्ञानिक सहभागी हुने जानकारी दिनुभयो ।

उनीहरुले भैंँसीको व्यावसायिक उत्पादनबारे विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । भैँसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गरिने उहाँले बताउनुभयो । यसमा १४ वटा आमन्त्रित कार्यपत्र रहनेछन् ।

आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनि बोरगिज, एशियन बफेलो एसोसिएसनका अध्यक्ष इन्दरजित सिंह, विभिन्न विश्वविद्यालयका अध्यक्ष एवं विशिष्ट वैज्ञानिकको सहभागिता रहने छ ।

नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यस किसिमको वैज्ञानिक सम्मेलनले भैँंसी उत्पादनका क्षेत्रमा अपनाइआएका प्रविधि र पछिल्लो खोजबारे जानकारीे सम्प्रेषण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा यस क्षेत्रमा कार्यरत वैज्ञानिक, अनुसन्धान निकाय, विश्वविद्यालय एवं सरकारी तथा गैरसरकारी संस्थाको बीचमा बृहत सञ्जाल निर्माण र सहकार्य विस्तारमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई भविष्यमा भैंँसी र यससँग सम्बन्धित उत्पादन अभिवृद्धिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने उद्देश्य लिइएको पनि देवकोटाले बताउनुभयो ।

दक्षिण एशिया, पूर्वी, मध्यपूर्वी र मध्यपश्चिम एशिया, तटीय देश एवं दक्षिण र मध्य अमेरिकी देशको पशु उत्पादनको मुख्य हिस्सा भैँंसीले ओगटेको छ । भैँंसीको उत्पादनले नेपालको खाद्य एवं आर्थिक क्षेत्रमा पनि ठूलो योगदान गरिरहेको छ ।

पत्रकार सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले नेपालमा कुल दुग्ध उत्पादनको दुई तिहाई भन्दा बढी र कुल मासु उत्पादनको आधाभन्दा बढी हिस्सा भैंँसीको उत्पादनले ओगटेको बताउनुभयो ।

विश्वका ४२ देशमा भैँंसीपालन हुँदै आएको छ । विश्वभरमा १८ करोड ५० लाख भँैंसी पालिएको अनुमान गरिन्छ । यसमा सबैभन्दा बढी भारतमा १० करोड ५० लाख, पाकिस्तानमा तीन करोड र नेपालमा ५२ लाख भैँंसीपालन हुँदै आएको उपकुलपति ढकालले बताउनुभयो ।

यो सम्मेलनबाट आएको निचोडले सरकारलाई मार्गनिर्देशन गरी नीति निर्माण गर्न सहयोग पुग्ने पनि उपकुलपति ढकालले बताउनुभयो । नेपालमा तीनवटा रैथाने जात र दुईवटा उन्नत जातका भैंँसी पालिँदै आइएको छ । रैथानेमा लिमे र पार्काेटे स्याङजा, पर्वत, बाग्लुङलगायतका पहाडी जिल्लामा र गड्डी जातका भैँैसी सुदूरपश्चिमका पहाडी जिल्लामा पालिँदै आएको छ । उन्नत जातका मूर्रा र क्रस मूर्रा जातका भैँंसी तराई क्षेत्रमा पालिँदै आएको छ । सम्मेलन चार दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com