मोरङ, १५ चैत । साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा गए राति सम्पन्न भएको सेमिफाइनल खेलमा एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै लुका सकर फाइनलमा ...