ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथालाई इटहरी गोल्डकपको उपाधि


एबीसी / संवाददाता
चैत्र १२, २०७९ आईतबार  ७ : ०९ बजे

सुन्दरहरैँचा, १२ चैत । १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधि साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचाले जितेको छ ।

इटहरी रंगशालामा आज सम्पन्न फाइनलमा नवप्रवेशी ए डिभिजन क्लब चर्च ब्वाइज काठमाडौँलाई पेनाल्टी सुटआउटमा ६–५ गोलअन्तरले पराजित गर्दै सगरमाथाले उपाधि उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

दोस्रोपटकका लागि लगातार विजेता रहेको सगरमाथा युथ क्लबका लागि पेनाल्टीमा विवेक बर्मा, स्टेफिन विनोज, राजीव लोप्चन, अभिषेक लिम्बू, मेस्सुको र महेन्द्र कार्कीले गोल गर्न सफल भए ।

त्यसैगरी चर्च ब्वाइजका लागि भने फ्रयाङ्लिंक ताल्ला, रञ्जीत पाण्डे, मिलन राई, बेम्पा, पिरिसोले गोल गर्दा मनोज राईको प्रहार गोलपोष्ट बाहिर गयो । सुरुमा दुवै टिमका ५–५ जनाले प्रहार गर्दा सबैको गोल भएको थियो । पेनाल्टीमा चर्च ब्वाइजका मनोजको प्रहार जालीबाट बाहिरिएपछि गत वर्षको विजेता सगरमाथाले उपाधि उचाल्न सफल भएको हो ।

नवप्रवेशी ए डिभिजन क्लब खुमलटारका अधिकांश खेलाडी लिएर मैदानमा उत्रेको सगरमाथाले उपाधिसँगै नगद १० लाखका साथै ट्रफी र मेडल हात पारेको छ । साथै उपविजेता चर्च ब्वाइजले पाँच लाख प्राप्त गरेर चित्त बुझायो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सगरमाथाका टिम क्याप्टेन महेन्द्र कार्की घोषित भए । उनले नगद एक लाख र मेडल पाए । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका मौसम लिम्बू घोषित हुँदै नगद १० हजारसहित मेडल हात पारे ।

प्रतियोगितामा वेष्टकोच सगरमाथाका याम गुरुङ घोषित भए । उनले २० हजार र मेडल पाए । खेलमा आयोजक क्लबका तर्फबाट उदयीमान खेलाडी आशिष राई घोषित भए । उनले २० हजार पाए । साथै उत्कृष्ट गोलकिपरमा सगरमाथाका देव लिम्बू घोषित हुँदै २० हजारका साथमा मेडल हात पारे ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा अघिल्लो शनिबारदेखि भएको प्रतियोगितामा दुई विदेशीसहित आठ टिमले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com