ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोनाल्डो चम्कँदा पोर्चुगलको सानदार जित


एबीसी / संवाददाता

काठमाडौँ, १३ चैत । क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ ।

युरो २०२४ को छनोटअन्तर्गत समूह ‘जे’को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो । पोर्चुगलको जितमा जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे ।

लक्जमबर्गमा आइतबार राति गोलको वर्षा भएको एकपक्षीय खलेको ९औँ मिनेटमा रोनाल्डको गोलबाट पोर्चुगलले अग्रता लिन सफल भयो । उनले नुनो मेन्डेसको हेडरलाई फाइनल टच दिएका थिए ।

१५औँ मिनेटमा फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता तेब्बर पारे । उनले जोओ पाल्हिन्हाको पासलाई सदुपयोग गरे ।

खेलको ३१औँ मिनेटमा अल नासारका फरवार्डसमेत रहेका रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टोलीलाई ४–० को अग्रता दिलाए । पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरूद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् ।

७७औँ मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ७५औँ मिनेटमा फेलिक्सले स्थानमा मैदान छिरेका उनले दोस्रो मिनेटमा नै अर्का परिवर्तित खेलाडी राफयल लियोको पासमा गोल गर्न सफल भए ।

योसँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूवाती दुई खेल जितेर समूह ‘जे’को शीर्ष स्थानमा छ । पोर्चुगलले २ खेलबाट ६ अंक जोडेको छ । स्लोभाकिया ५ अंकसहित दोस्रो स्थानमा रहँदा बोस्निया र आइल्यान्डको समान ३ अंकका साथ तेस्रो र चौथो स्थानमा छ । यस्तै, लक्जमबर्ग १ अंक जोड्दै पाँचौँ तथा अंकविहीन लिचेस्टाइन पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

सम्बन्धित

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

रियल मड्रिड विजयी

मुम्बई क्वालिफायरमा

भारतसँग नेपाल पराजित , फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्नुपर्ने

चेन्नई फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com