पोखरा, १८ फागुन । प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यकता र औचित्यका आधारमा कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी, कास्कीको ३४ औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशको आवश्यकताअनुसार नीति निर्माण एवं योजनाका क्षेत्रमा मन्त्रिपरिषद् क्रियाशील बन्नुपर्ने ...