ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनचाहनाअनुसार प्रदेशको विकास अपरिहार्य- मुख्यमन्त्री गुरुङ


admin

पोखरा, १८ फागुन । प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आवश्यकता र औचित्यका आधारमा कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी, कास्कीको ३४ औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशको आवश्यकताअनुसार नीति निर्माण एवं योजनाका क्षेत्रमा मन्त्रिपरिषद् क्रियाशील बन्नुपर्ने भएका कारण मन्त्रीहरू कार्यक्रममा सहभागी बन्ने सन्दर्भमा निश्चित मापदण्ड तयार गरिने उल्लेख गर्नुभयो ।

“जनचाहनाअनुसार प्रदेशको विकास अपरिहार्य छ,” उहाँले भन्नुभयो, “अनावश्यक धेरै कार्यक्रममा सहभागी बन्दा मन्त्रालयका कामहरू प्रभावित बन्ने भएकाले आगामी बस्ने मन्त्रिपरिषद्को बैठकबाट मापदण्ड तयार गरी अघि बढ्ने योजनामा छौँ ।”

सिमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै नेपाल रेडक्रस सोसाइटीले मानवीय एवं सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएकोमा उहाँको जोड थियो ।

पोखरा धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको बताउँदै यहाँका प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै समृद्ध प्रदेश निर्माणमा सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संघीय शासनअनुसार तीनवटै तहका सरकार बनिसकेको बताउँदै उहाँले केन्द्र सरकारका अधिकांश कानुन बनिसकेको भएपनि प्रदेश र स्थानीय सरकारका भने बन्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका अध्यक्ष वामदेव ढुङ्गानाले शाखाले विपद् व्यवस्थापनका साथै जिल्लामा आवश्यक सामाजिक क्षेत्रका काममा क्रियाशीलता देखाउँदै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) कास्कीका सचिव दामोदर बैरागी, नेपाली काँग्रेसका जिल्ला सदस्य युवक लामिछाने र नेकपा (माओवादी केन्द्र)का बखानसिं गुरुङ लगायतले प्रादेशिक संरचनामा रेडक्रसको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com