ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा दुई वर्षभित्र सबै घरमा विद्युत् र खानेपानी


admin

पोखरा, ४ फागुन ।  प्रदेश नं ४ को पहिलो मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षभित्र प्रदेशका सबैका घरमा विद्युत् र खानेपानी पु-याउने निर्णय गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत दुई वर्षमा सबैका घरघरमा विद्युत् पु-याइने तथा पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिने, प्रदेशका सबै स्थानीय तह र केन्द्रसँगसडक पहुँच विस्तारका साथै अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिने बताउँदै अर्बुद, मुटु र मिर्गाैला रोगको उपचार केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले प्रदेशमा बोलिने सबै भाषा र संस्कृतिको संरक्षण र संवद्र्धन, विभिन्न जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक ग्राम स्थापना तथा सरकारको कार्यसम्पादनलाई चुस्त र दुरुस्त पार्न विद्युतीय सुशासनमा जोड दिने निर्णय पनि गरेको छ ।

त्यस्तै प्रदेश सरकारका सार्वजनिक लिखित प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेशसभा कार्यविभाजन नियमावली २०७४ र प्रदेशसभा कार्यसम्पादन नियमावली २०७४ स्वीकृत भएको छ ।

बैठकले उद्योगमन्त्री बस्नेतलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकले नेपालको लोकतान्त्रिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनका शहीदप्रति सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com